गत वर्ष बाढीपहिरोमा परेका ६,२०० घरधुरी निर्माणकार्य कहाँ पुग्यो ?

सरिशा अछामी

 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत वर्ष साउन ३० मा ठूलो पहिरो गयो । पहिरोका कारण घर पुरिएका वडा–२ लिदीका २० वर्षीय निशान लामा सातजनाको आफ्नो परिवारसहित अहिले पनि त्रिपालले बारेको अस्थायी टहरामा बस्दै आएका छन् । उनको परिवारलाई यसपालिको बर्खा कसरी काट्ने भन्ने चिन्ता छ ।

यस ठाउँमा पहिरोका कारण केही घर उच्च जोखिममा पनि छन् । सोही ठाउँका विष्णुलाल दोङको परिवार पनि पहिरोको उच्च जोखिमका कारण गाउँनजिकै त्रिपाल टाँगेर अस्थायी बसोबास गर्दै आइरहेको छ । 

पहिरोका कारण घर पुरिएका २७ वर्षीय नेत्र दोङ यतिखेर त्रिपाल च्यातिएकाले चिन्तामा छन् । ‘गत वर्ष गाउँपालिकाले अस्थायी बसोबास गर्न दिएको त्रिपाल एक वर्ष टिकेन,’ उनले भने, ‘घाम र पानीले गर्दा त्रिपाल लामो समय नटिक्ने रहेछ ।’

घटना घटेका बेला सञ्चारमाध्यम, स्थानीय तह र गाउँपालिका तथा केन्द्रले चासो दिए पनि आफूहरुले समयमा राहत पाउन नसकेको उनको भनाइ छ । ‘सुरुमा सरकारले भाँडाकुडा तथा ओढ्ने–ओछ्याने दिए पनि सुरक्षित बसोबासको व्यवस्था गर्न सकेको छैन,’ उनले काठमाडौं प्रेससँग फोनमा भने, ‘सरकारले दिएको त्रिपाल च्यातियो, अबको बर्खा कसरी कटाउने चिन्ता छ ।’ 

प्रकाशित मिति: : 2021-06-30 12:18:00

प्रतिकृया दिनुहोस्