चार दुग्ध उद्योगमाथि कारबाही

फाइल तस्वीर
फाइल तस्वीर

जिल्लाका चार दूग्ध उद्योगमा अनुगमन गरी कारवाही  समेत गरिइएको छ। जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले  संयुक्तरुपमा आज विभिन्न चार दूग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलन समेत भएको छ।

अनुगमन टोलीले पशुपति दूग्ध उद्योगलाई रु १० हजार,  एन के दूग्ध उद्योगलाई  रु १५ महांकाल दूग्ध उद्योगलाई रु  १० हजार र खनाल दूग्ध उद्योगलाई  रु १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो।

त्रिशुलीमा ट्रक खसेर बेपत्ता

पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मालबाहक ट्रक त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख ८०७४ नम्वरको ट्रक सो नदीमा आज विहान खस्दा चालक पनि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। अहिले नदीको बहाब उच्च रहेको छ।

चालक बाहेक ट्रकमा अन्य को को थिए भन्ने यकीन नभएको र खोजी जारी रहेको बताइएको छ। वीरगञ्जबाट काठमाडौंका लागि छुटेका  तीन ट्रकमध्ये एउटा सम्पर्कमा नआएपछि खोजी गर्दा दुर्घटनामा परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। रासस

प्रकाशित मिति: : 2021-06-29 17:41:00

प्रतिकृया दिनुहोस्