रामचन्द्र पौडेलको प्रस्ताव : देउवालाई प्रधानमन्त्री छाडेकै छ, मलाई सभापति छाडिदिनोस्

रातोपाटी

काठमाडौँ

नेपाली काँग्रेसमा पुरानो पुस्ताका शीर्षनेताहरु दुईजना छन्, शेरबहादुर देउवा र रामचन्द्र पौडेल । दुईमध्ये शेरबहादुर पटक पटक सरकार र पार्टीको नेतृत्वमा पुगिसकेका छन् भने पौडेलचाहिँ न पार्टी सभापति बन्न सकेका छन्, न त प्रधानमन्त्री नै ।

एकातर्फ सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ला र देउवालाई प्रधानमन्त्री बन्न मार्गप्रशस्त होला भन्ने सम्भावना छ भने अर्कोतिर भदौमा हुने काँग्रेसको महाधिवेशनबाट पुनः शेरबहादुर देउवा नै पार्टी सभापतिमा दोहोरिने सम्भावना पनि उत्तिकै छ । आखिर देउवाको भागमा खिरैखिर, पौडेलको भागमा पिरैपिर हुन लागेको हो त ?

हामीले काँग्रेसका बरिष्ठ नेता पौडेलसँग नेपाली काँग्रेसको आसन्न महाधिवेशन, पार्टीभित्रको शक्ति सन्तुलन अनि उनले गरिरहेको तयारीबारे चासो राख्यौं । आफ्नो समूहबाट धेरैजना सभापतिका आकांक्षीहरु देखिइरहेका बेला पौडेलले उम्मदेवारी घोषणा गर्न आफूलाई आतुरी नभएको कूटनीतिक जवाफ दिए ।

त्यसो त रामचन्द्र पौडेल काँग्रेसका सादगी नेता पनि हुन् । आफूलाई वीपी कोइरालाका अनुयायी बताउने पौडेल कम्युनिस्टहरुसँगै वैचारिक संघर्षमा जोड दिन्छन् । तर, यतिबेला नेपाली काँग्रेसले माओवादी, माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चालगायतका कम्युनिस्टहरुसँग गठबन्धन गरिरहेको अवस्था छ । देउवाले अघि बढाएको यो कम्युनिस्ट–काँग्रेस गठबन्धनलाई पौडेलले चाहिँ कसरी हेरिरहेका होलान् ?

यही राजनीतिक–वैचारिक प्रश्नका साथै मूलतः नेपाली काँग्रेसको महाधिवेशनमा केन्द्रित रहेर रातोपाटीले काँग्रेस नेता पौडेलसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

प्रकाशित मिति: : 2021-06-29 13:02:00

प्रतिकृया दिनुहोस्