काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात चल्दै, अरू के–के खुल्छन् ?(सूचीसहित)  

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात चल्न पाउने भएको छ।

काठमाडाैंका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूकाे साेमबारकाे निर्णय अनुसार उपत्यकामा आजदेखि जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात चल्न पाउने भएका हुन्।

निर्णय अनुसार बिहान ६ देखि बेलुकी ७ बजेसम्म यातायाता चलाउन पाइने छ। 

कोरोना भाइरस संक्रमण घट्दै गए पनि जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्डकाे पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न अनुराेध गरेकाे छ। 

उपत्यकाभित्र निषेधाज्ञा भने एक साता थप गरिएको छ। निषेधाज्ञाबीच नै सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन लागिएको हो। २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायात सञ्चालन हुन पाउँछन्। 

यस्तै, सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएका छन्। 

प्रकाशित मिति: : 2021-06-29 07:32:00

प्रतिकृया दिनुहोस्