गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा बाँस्तोला

Photo - RSS
Photo - RSS

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन्। मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन्। उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष बाँस्तोला  डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष छन्।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो ।रासस

प्रकाशित मिति: : 2021-06-28 20:40:00

प्रतिकृया दिनुहोस्