'हाम्रो टिम'ले खाना पकाउने ठाउँ खाली गराउन प्रहरीले बल प्रयोग गर्दा दुई जना घाइते

निषेधाज्ञाकाे समयमा खान नपाएकाहरूलाई नि:शुल्क खुवाउँदै आएको 'हाम्रो टिम नेपाल'ले खाना पकाउने ठाउँ खाली गराउन प्रहरी प्रशासनले बल प्रयोग गरेको छ।

अनामनगरमा रहेको खाना पकाउने ठाउँलाई खाली गर्न प्रहरी मंगलबार बल प्रयोग गरेकाे हाे। 

बल प्रयाेग गर्दा हाम्रो टिमका केही सदस्य घाइते भएका छन्। सोही क्रममा प्रहरीले १६ जनालाई पक्राउ समेत गरेकाे छ। 

प्रहरीको लाठी प्रहारबाट हाम्रो टिमकी सदस्य सपना रोका मगर बेहोस भइएकी थिइन् भने अंश यादव घाइते भएकी छिन्। उनीहरूको अहिले वीर अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ।

काठमाडौं महानगरपालिकाले पार्क बनाउन लागेकाले उक्त जग्गा खाली गरिएको हो। 

प्रकाशित मिति: : 2021-06-28 17:27:00

प्रतिकृया दिनुहोस्