मेलम्चीमा बाढीले तीनतले घर बगायो

बिएल संवाददाता

सिन्धुपाल्चोक
Photo - RSS
Photo - RSS

लगातारको वर्षाले मेलम्ची नगरपालिका–११ मा एक घर बगाएको छ। स्थानीयवासी गोपाल दुलालको तीनतले घर आज बिहान बगाएको हो।

मेलम्ची र इन्द्रावती खोलामा पानीको बहाव बढेकाले सो घर बगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए। यही असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा पाँच व्यक्तिको मृत्यु भएको तथा दर्जनौँ बेपत्ता भएका छन्।

त्यस्तै ४०० भन्दा बढी घर विस्थापित भएका छन् । निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ।

बाढीले मेलम्चीका ५० भन्दा बढी घर जोखिममा छन्। बाढीले विस्थापितहरु अहिले माख्लो भेगका स्थानमा बसिरहेका छन्। रासस
 

प्रकाशित मिति: : 2021-06-26 15:34:00

प्रतिकृया दिनुहोस्