ऐना

Breaknlinks
Breaknlinks

म तिम्रो सपाट हृदयमा
आफूलाई स्पष्ट नियाल्न चाहान्थें,
युग-युगान्तरसम्म।

कल्पनै गर्न नसकिने गरि 
समयले यस्तरी पछार्याे कि- तिम्रो काँच हृदय
यहीं भर्चुअल माेहकाे भूइँमा,
अब मैले नहेरेर पनि
मैले नचाहेर पनि देखिन्छन्- 
एस्थेटिक सपनाहरु
मुटु रेट्ने प्रत्येक धारिला टुक्राहरुमा।

अब
पुन: कहिल्यै आपसमा लयबद्ध हुने छैनन्
झुर्का-झुर्की सपनाहरु।

तर, म तिम्रो सपाट हृदयमा
आफूलाई स्पष्ट नियाल्न चाहान्थें,
युग-युगान्तरसम्म।

प्रकाशित मिति: : 2021-06-26 13:18:00

प्रतिकृया दिनुहोस्