जातको सवालमा नेपाली समाज निर्मम र विवेकहीन छ।
उ कानून मान्दैन, मान्छे चिन्दैन, गल्ती स्वीकार्दैन, मानवता बुझ्दैन, अरुलाई मान्छे ठान्दैन। जातीय विभेदको सवालमा विभेद बुझ्न मान्छेले बाेल्नु पर्दैन, मानिसको हाउभाउ गतिविधिबाट धेरैकाे कुरा थाहा हुन्छ।
नेपाली समाजकाे दलितप्रतिकाे गैरदलितकाे मनाेविज्ञान, चेतनाकाे स्तर बुझ्न ठूलो काण्ड घट्नु पर्दैन। स-साना घटनाले हाम्रो समाजकाे चेतना र मानसिकता के-कस्ताे छ, त्यो छताछुल्ल पार्छ।
रुपा सुनार र सरस्वती प्रधानकाे घटनाले पुनः एकपटक नेपाली समाजले आफ्नाे उच्च जातीय अहंकारी नकाब खाेलेकाे छ। रुपा र सरस्वती हाम्रै समाजका आमा-छाेरी चेलीबेटी हुन्।
रुपा र सरस्वतीकाे घटना ठूलो हाेइन। एकजना युवती काेठा हेर्न गइन। घर धनीले 'थर' साेधिन्, 'म कामीकी छाेरी हुँ' भनिन्।
उनीहरूसँग व्यक्तिगत लिनुदिनु कसैको केही छैन। तर नेपाली समाजमा केही यस्ता विभेदकारी झुन्ड देखिए कि, रुपा सुनारलाई उनको जातकै आधारमा गाली-गलाेज, आराेप-प्रत्याराेपमा उत्रिए। जब कि सरस्वती प्रधानलाई ''थर''कै कारण समर्थन गरे। प्रधानले जे गरिन् ठिक गरिन् भन्ने धेरै देखिए।
रुपा र सरस्वतीकाे घटना ठूलो हाेइन। एकजना युवती काेठा हेर्न गइन। घर धनीले 'थर' साेधिन्, 'म कामीकी छाेरी हुँ' भनिन्। घर धनीले 'अरु भए ठिक हुन्थ्यो कामी भए हुँदैन' भनिन्।
व्यवसायीक प्रायोजनकाे घरमा एउटा निश्चित जात कामीलाई किन काेठा नदिने ? के काे आधारमा अरु अट्ने, कामीकाे छाेरी नअट्ने ? जस्ता धेरै प्रश्नहरु रुपा सुनारको अगाडि आए।
यस्ता जातीय विभेदकारी प्रश्नको उपचार र हल गर्ने देशमा कानून छ। रुपाले कानून अनुसार ती प्रश्नको उत्तर खाेजिन्। उत्तर खाेज्ने क्रममा प्रहरीले सरस्वती प्रधानलाई छानबिनको लागि हिरासतमा राख्याे।
नेपालकाे संविधानअनुसार त्यस्ता घटनाको छानबिन गर्ने निकाय छ, ऐन कानून छ। जसको पालना प्रत्येक न्यायप्रेमी जनताले गर्नुपर्छ। तर समाजमा ठाउँ-ठाउँबाट न्यायाधीश निस्के। ठाउँ-ठाउँबाट आदेश दिए, रुपा गलत छन् भनेर। रुपा गलत छन् कि ठिक छन्, त्यो कानूनले जानाेस्।मानवताले बुझाेस्। वास्तवमा अचानाेकाे पिर खुकुरीले बुझ्दैन। त्यस्तै रुपा सुनारको पिर कथित उच्च जातीय अहंकारले बुझ्दैन।
नेपाली समाजमा घट्ने जातीय विभेदका घटना नयाँ हाेइनन्। दलित समुदायमाथि गैरदलितकाे ज्यादती अन्याय-अत्याचार स्थापित जस्तै छ। भलै कानूनका पानामा जातीय विभेदलाई अपराध मानिएको छ।
जात, वर्ण, धर्मका आधारमा हुने जुनसुकै विभेदलाई दण्डनीय भनिएको छ। तर नेपाली समाजकाे रवैया र गतिविधि हेर्दा जातीय विभेद अपराध नभइ संस्कार, परम्परा र धार्मिक मुल्यमान्यता भएको देखिन्छ। नत्र जातीय विभेद घटनाको आराेपितलाई बहालवाला मन्त्री रिहाइकाे लागि किन प्रहरी प्रशासनमा पुग्छन् ? किन जातीय विभेदको घटनाको आराेपितलाई राज्यको जिम्मेवार व्यक्तिले उनको निवाससम्म लिफ्ट दिन्छन् ? किन रुपा सुनारसँग मन्त्री श्रेष्ठ एक शब्द बाेलेनन् ?
सरस्वती प्रधानकाे रिहाइपछि समाजिक सञ्जालमा पीडित युवतीलाई तथानाम गाली-गलाेजकाे बाढी देखियो। उनीमाथि अनेक आराेप लगाइयाे, मानसिक यातना दिइयाे।
मन्त्री जस्तो साझा व्यक्तिले यस्ता घटनामा सेतुकाे काम गर्नुपर्थ्याे। रुपा र सरस्वतीलाई सँगै राखेर समस्याको हल खाेज्नु पर्थ्याे। तर विडम्बना, मन्त्रीले त्यस्तो केही गरेनन्। बरु आराेपितलाई कसरी हुन्छ, रिहाइ गर्नेतिर लागे। रिहाइपश्चात् आराेपितलाई पुरस्कार र सम्मान स्वरुप सरकारी गाडीमा सम्मानका साथ घरमा पुर्याउने काम गरे।
आराेपितकाे रिहाइमा विजय उत्सवझैं मन्त्रीकै अगाडि नाराबाजी भयो। पीडित युवतीलाई तनाव दिन र घाेचपेच गर्न 'प्लेकार्ड' देखाउने काम गरियो। त्यसमा मन्त्रीकाे साथ र उपस्थिति हुनु संयाेग थिएन। याे विशुद्ध नियाेजित र दलितमाथि चुनाैती र चेतावनी पनि थियो।
सरस्वती प्रधानकाे रिहाइपछि समाजिक सञ्जालमा पीडित युवतीलाई तथानाम गाली-गलाेजकाे बाढी देखियो। उनीमाथि अनेक आराेप लगाइयाे, मानसिक यातना दिइयाे। उनलाई कसरी हुन्छ कमजोर सावित गर्न खाेज्ने जमात सक्रियताका साथ लागिपरेकाे देखियो।
सञ्जालकाे अराजक गतिविधिले रुपाले आफूमाथि भएको जातीय विभेदविरुद्ध उजुरी दिनु, आवाज उठाउनु ठूलो अपराध गरिन् जस्तो देखियाे। यसबाट हाम्रो समाजको कस्तो छ भनेर सजिलै भन्न सकिन्छ।
जातीय विभेदका घटनामा राजनीतिक दलका अधिकांश मुख्य नेता माैन बस्छन्। अघिपछि सडकमा आगाे बाल्ने युवा, कुकुर मर्दा रुने युवा, जातीय समानता र समाजिक स्वतन्त्रता किन बाेल्दैन ? जवाफ सजिलो छ, यिनलाई वर्षाैदेखि रजाइँ गर्दै आएकाे समाजिक संरचनाबाट प्राप्त संरचनात्मक लाभांश प्यारो छ।
यदि कसैले बाेलेमा उक्त लाभांश गुमाउन पर्ला भन्ने डर छ। नेताकाे हकमा सिमान्तकृत समुदायको पक्षमा बाेल्दा तमाम गैरदलितकाे साथ समर्थन घट्ला भन्ने पिर छ। नत्र सहीलाई सही, गलतलाई गलत भन्न किन सक्दैनन्? नेतालाई जात र भाेटकाे साथ प्यारो देखियो।
नेपालमा केही नेताका उदाहरण छन्,जसबाट जातीय विभेद राज्यबाट संरक्षित छ भनेर देखाउँछ। रुकुम घटनामा माओवादी नेता जनार्दन शर्माले संसदमा दिएको अभिव्यक्ति र रुपा-सरस्वती घटनामा शिक्षा मन्त्री कृष्णगाेपाल श्रेष्ठकाे उपस्थितिले त्यसको पुष्टि गर्छ।
हिजोआज समाजिक सञ्जालमा धेरै भिडियो तस्बिर चर्चामा छन्। जसको मुख्य उद्देश्य भनेको दलितमाथि भएको विभेद ठिक थियो भनेर देखाउनु हाे। कृष्णगाेपालकाे तस्बिर हेर्दा युद्ध जितेको नेताले हात ठडाएर विजय जुलुसकाे नेतृत्व गरेको झल्को दिन्छ। त्यस्तै दलितप्रति लक्षित नारा लगाइएका भिडियोमा जातीय विभेद ठिक हाे, दलितलाई विभेद गर्नु पाउनु अधिकार हाे जस्ता गतिविधिले भरिएका छन्।
करिब ३५०० बर्षदेखि दलित समुदाय कथित उच्च जातीय अहंकारले भरिएको जघन्य अपराध, जातीय छुवाछूत र विभेद सहेर बसेको छ।
त्यस्तै अर्को भिडियो छ, जहाँ सस्वती प्रधानलाई रुपा सुनारले "म कामीकि छाेरी हुँ " भन्दा घर धनी झसङ्ग हुन्छन्। 'मिल्दैन नानू, नरिसाउनू ल !' भन्छिन्। कामी ''थर'' थाहा नहुन्जेल सब ठिकठाक हुन्छ, आमा-छाेरी जस्तै मिलेर बस्ने कुरा हुन्छ। जब दमाई, कामी, सार्की सुनिन्छ तब चल्दैन, मिल्दैन, हुँदैन जस्ता विभाजित र विभेदकारी शब्द सुनिन्छन्। विडम्बना एउटा 'थर'ले मानिस अट्ने कि हट्ने निर्धारण गर्छ।
करिब ३५०० बर्षदेखि दलित समुदाय कथित उच्च जातीय अहंकारले भरिएको जघन्य अपराध, जातीय छुवाछूत र विभेद सहेर बसेको छ। आजकाे मितिसम्म पनि प्रत्येक महिनामा करिब २/३ वटा जातीय विभेदका समाचार राष्ट्रिय मिडियामा प्रकाशन, प्रशारण हुने गरेका छन्।
जातीय विभेदका घटनामा कतिको ज्यान गएको छ,कति मानसिक पीडा सहेर बस्न विवश छन्। नेपाली समाजको जातीय छुवाछूतप्रतिकाे चिन्तन उदेकलाग्दो छ। एउटा मानिसले अर्को मानिसलाई सहजै स्वीकार्दैन।
समाजिक सञ्जालमा दलितमाथि गैरदलितकाे अभिव्यक्ति झन् कहालीलाग्दो हुन्छ। सरासर चेतावनी दिइन्छ, तिमीले जबसम्म आरक्षण लिन्छौं तबसम्म म जातीय विभेद गर्छु। खुलेआम भनिन्छ, 'जातीय विभेदविरुद्ध उजुरी दिने युवतीले गल्ती गरिन्, उसले त्यस्तो गर्नुहुँदैन थियो, समाज भाडिन्छ, गलत सन्देश जान्छ।' कारवाही गर्ने चेतावनी दिइन्छ। पीडितकाे घाउमा नुनचुक थप्छाैं। न्यायभन्दा अन्यायको पक्षमा वकालत गर्छाैं। ठिकलाई गलत भन्छाै, गलतलाई ठिक। अब भन्नुस् हामी कस्तो समाजमा बस्दैछाैं ?
अक्सर जातीय विभेदका घटनासँग दलितलक्षित आरक्षणमा धेरैले प्रश्न गरेको देखिन्छ। कुनै प्रश्न यस्ता दयनीय हुन्छन् कि- जबसम्म दलित समुदायलाई आरक्षण हुन्छ तबसम्म म जातीय भेदभाव मान्छु। मैले काेटा पाइन, तिमीले काेठा पाएनौं, आउ तिमी काेटा त्याग्ग म काेठा दिन्छु जस्ता नश्लवादी अभिव्यक्ति दिने भेटिन्छन्। यस्ता कूतर्क गर्नुभन्दा आरक्षण किन, कसलाई के को आधारमा आरक्षण ? त्यो बुझ्न आवश्यक छ।
अर्को कुरा नेपालमा आरक्षण दलित समुदायलाई मात्र छ कि अन्यलाई पनि ? त्यो बुझ्न आवश्यक छ। आरक्षणकाे भागबन्डा हिसाब-किताब गर्ने हाे भने नेपालमा प्रत्येक परिवारले आरक्षणकाे सुविधा पाइरहेको छ।
१०० % मा ४५% मात्रै आरक्षणका लागि छुट्याईएको हुन्छ। त्यो ४५ %मा महिला ३३%, जनजाति २७%, मधेसी २२%, दलित ९ %, दुर्गम क्षेत्र ४% र अपांग ५% काे लागि छुट्टयाइएको छ। तर समाजका विद्वानकाे नजरमा दलित आरक्षणमात्र पर्छ।
महिला, मधेसी, दुर्गम क्षेत्र र अपांग अन्तर्गत ब्राह्मण-क्षेत्रीले पनि आरक्षणको सुविधा प्राप्त गरिरहेकै छन्। अझ सदियाैंदेखि प्राप्त संरचनात्मक लाभांशकाे कुनै लेखाजोखा छैन। यी बुँदामा कसैको केही आपत्ती हुँदैन तर दलितको हकमा भने आरक्षण असहीय हुन्छ।
वास्तवमा आरक्षण संसारका विकसित देशमा पनि अभ्यासमा छ। ताकि सबैले समान अधिकार पाउन, सबैकाे समान उपस्थिति हाेस्, सबै जातजाति सँग-सँगै हिँड्ने वातावरण मिलाेस्, पछाडि पारिएको समुदायले केही अवसर प्राप्त गराेस् भन्ने हाे।
यति सामान्य कुरा नबुझी आरक्षण भन्नेबित्तिकै दलितको खेदो खन्ने कति न्यायाेचित हाे। राज्यले दलित समुदायलाई प्रदान गरेको आरक्षण कम हाे, जुन थिचोमिचो-थुनछेक प्रवृत्ति दलितले सामना गर्नुपरेको छ।
अन्त्यमा, नेपाली समाजकाे जुन चित्र र चरित्र देखिएको छ, त्यो एकदम डरलाग्दो छ। समाज मिलेको कुनै पनि काेणबाट देखिँदैन। जातीय मुद्दामा के शिक्षित के अशिक्षित- के युवा के वृद्ध, अधिकांश गैरदलितकाे मनाेविज्ञान उच्च जातीय अहंकारले भरिएको छ।
जात नमिले सम्बन्ध मिल्दैन, सम्बन्ध नमिले चुलो-चाैका मिल्दैन। नमिल्ने ठाउँमा मिलापभन्दा फुट धेरै हुन्छन्। फुटले विखण्डन निम्त्याउँछ।
मेरो जात सर्वश्रेष्ठ हाे भन्ने अहम जीवित छ। जब समुदायमा नश्लवादी चिन्तन हाबी हुन्छ, तब समाजिक संरचनाले कूसंस्कार कुरतिलाई टेवा पुर्याउँछ। नेपाली समाजको सन्दर्भमा पनि यहीँ जातीय अहंकारी रवैयाले समाजिक भाइचारा सम्बन्ध भाड्न सफल भएको छ।
जात नमिले सम्बन्ध मिल्दैन, सम्बन्ध नमिले चुलो-चाैका मिल्दैन। नमिल्ने ठाउँमा मिलापभन्दा फुट धेरै हुन्छन्। फुटले विखण्डन निम्त्याउँछ। नेपाली समाजको अहिलेकाे बाटो विखण्डनकारी छ।
समयमै हामीले मनन गरेनौं भने परिणाम भयावह हुने देखिएको छ। भविष्यमा अनिष्ट हुने पक्का छ। अब सबैले आ-आफ्नाे ठाउँबाट साेचाैं, समाज र देश बचाऔँ। विभेदविरुद्ध आवाज बुलन्द गराैं। न्यायका लागि साथ-समर्थन बढाऔँ, न कि एउटा निश्चित जातको लागि।