‘संसद विघटनको विषयमा बीचको भाषा लेखेर एकता प्रयास हुँदैछ, ९० प्रतिशत नतिजा सकारात्मक’

देशसञ्चार

काठमाडौँ

 दिपा दाहाल

पछिल्लो पटक खण्डित नेकपा एमाले एकताको प्रयासले तीब्रता पाएको छ। मुलुकभित्र विकसित राजनीति र अन्तराष्ट्रिय तहबाट भइरहेको षड्यन्त्रलाई परास्त गर्न एमाले एकता जोगाउनै पर्ने निष्कर्षसहित विपरीत धुव्रमा विभाजित अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका केही नेताहरु पछिल्लो एक साता यता हरेक दिन जसो एकताका लागि वार्ता गरेका छन्।

सर्वोच्च अदालतको नेपाल पक्षका कर्णाली प्रदेशसभा सदस्यलाई पुर्नस्थापित गर्ने अन्तरिम आदेश र पार्टीको निर्वाचित कमिटीलाई मात्रै प्रष्टीकरण र कारवाहीको अधिकार भएको व्याख्याविरुद्ध ओली पक्ष पुनः सर्वोच्च जाँदा एकता प्रयासलाई केही कदम पछि परेपनि त्यसमा हार नखाएको नेताहरुले बताएका छन्। पार्टी एकता प्रयासलाई लिएर दुवै पक्षका नेताहरु शुक्रबार पनि वार्तामा बस्दैछन्।

उनीहरुले ठाउँ भने गोप्य राखेका छन्। प्रस्तुत छ एकता प्रयासलाई निरन्तरता दिएका नेपाल पक्षका भिम आचार्यसँग लिएको अन्तर्वार्ता:

प्रकाशित मिति: : 2021-06-25 16:06:00

प्रतिकृया दिनुहोस्