भारतीय मूलका पत्रकार प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा सम्मानीत 

बिएल संवाददाता

नयाँ दिल्ली
photo : twitter
photo : twitter

चीनमा अल्पसंख्यक उइघुरबारे अनुसन्धानात्मक रिपोर्टिङ गर्ने भारतीय मूलकी पत्रकार प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा सम्मानीत भएकी छिन्।

भारतीय मूलकी पत्रकार मेघा राजगोपालनले चीनमा अल्पसंख्यक उइघुरको अबस्थाबारे अनुसन्धानात्मक रिपोर्टङ गरेका कारण पुलित्जर पुरस्कारद्धारा पुरस्कृत भएकी हुन्।

चीन सरकारले अल्पसंख्यक उइघुरहरुलाई श्रमशिविरमा बन्दी बनाएको तथा दमन गरेकोबारे राजगोपालनले अनुसन्धानात्मक समचार संकलन गरेकी थिईन्। अमेरिकास्थित बजफिड डिजिटल मिडियाकी पत्रकार राजगोपालनले प्रतिष्ठित पत्रकारिता पुलित्जरद्धारा पुरस्किृत भएकी हुन्। 

पत्रकार राजगोपालन सन् २०१७ मा चीनको सिन्यिाङमा उइघुरहरुबारे स्थलगत रिपोर्टिङ गरेकी थिइन्। उनीसँगै उनको टोलीका दुई जना पनि पुरस्कृत भएका छन्। हालसम्म प्रतिष्ठित पुलित्जर पुरस्कारद्धारा भारतीय मूलका दुई पत्रकारहरु सम्मानीत भएका छन्। अमेरिकास्थित टाम्बा बे टाईम्सका पत्रकार तथा भारतीय मूलका नेल बेदी पनि पुलित्जर पुरस्कारद्धारा पुरस्कृत भइसकेका छन्। 

प्रकाशित मिति: : 2021-06-25 08:59:00

प्रतिकृया दिनुहोस्