फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन

फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ। 

लामो समयदेखि सख्त बिरामी भएका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए। उनको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टे बनेका थिए। 

फिलिपिन्सको सर्वोच्च अदालतका न्यायाधीश मार्भिक लियोनेनले एक विज्ञप्ति प्रकाशन गरी पूर्व राष्ट्रपति अक्वीनोको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन्। 

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार “नोयनोय” का उपनामले चिनिने अक्वीनको फिलिपिन्सको राजधानीस्थित क्यापिटोल मेडिकल सेन्टरमा निधन भएको थियो।

फिलिपिन्सका अर्थशास्त्री समेत रहनु भएका अक्वीनोले सन् १९९८ मा राजनीतिमा आउनु अघि चिनीको व्यापार गर्थे। सन् २००७ मा सिनेटमा निर्वाचित हुनुअघि उहाँ तीन पटक प्रतिनिधिसभाको सदस्य चुनिएका थिए।

फिलिपिन्सका लोकप्रिय प्रजातान्त्रिक नेता सिनेटर बेनिग्नो “निनोय” अक्वीनो र पूर्व राष्ट्रपति कोराजोन अक्वीनोका एक मात्र छोरा थिए।

फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसको शासनप्रति बिमती राख्ने उनका बुबाको संयुक्तराज्य अमेरिकाको निर्वासनबाट स्वदेश फर्कनेक्रममा सन् १९८३ मा हत्या गरिएको थियो। एएनआई

प्रकाशित मिति: : 2021-06-24 19:08:00

प्रतिकृया दिनुहोस्