विद्यासुन्दरको चार वर्ष : मेट्रो र मोनोरेल नारामै सीमित, कार्यान्वयनमा बहाना मात्रै!

थाहा खबर

काठमाडौँ

श्याम राई

देशकै जेठो हो काठमाडौं महानगरपालिका। यहाँ ३२ वटा वडा छन्।

नेपालमा बढी वडा हुने पनि यही महानगरपालिका हो काठमाडाैं। २०७४ जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुखमा विद्यासुन्दर शाक्य निर्वाचित भएका थिए।

त्यसयता उनले कार्यभार सम्हालेको चार वर्ष पूरा भइसकेको छ। उनले सुरुमा २०७४ असार महिनामा २०७४/७५ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। नीति तथा कार्यक्रममा मुख्य त मोनोरेल, मेट्रोरेल जोडिएको छ। 

‘निजी तथा साना सवारी साधनहरुको प्रयोगलाई निरुत्साहित गरी महानगरबासीलाई सार्वजनिक यातायातको अधिकतम उपयोग गर्न हाल विश्वव्यापी रुपमा चलनचल्तीमा आएका सुविधायुक्त ठूला बसहरूको प्रयोग, बस र्‍यापिड ट्रान्जिट, मोनोरेल, सिटी केवल कार, ट्राम, र मेट्रोजस्ता विभिन्न विकल्पको अध्ययन गरी उपयुक्त र बृहत्तर शहरी यातायात योजना बनाई लागू गरिनेछ,’ महानगरले ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ। 

काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा आवश्यक संख्यामा स्मार्ट सार्वजनिक शौचालय तथा इ-ट्वाइलेटहरू निर्माण गरिने पनि नीतिमा थियो। साइकल सिटी, नो मास्क सिटी, कार्यविधि बनाई प्लाष्टिकमुक्त शहर बनाइने, स्मार्ट सिटी बनाइने, सवारीसाधनबाट निस्किने प्रदूषण नियन्त्रण गर्ने पनि नीतिमा थियो।

प्रकाशित मिति: : 2021-06-24 17:43:00

प्रतिकृया दिनुहोस्