दुबईकाे चर्चा र गगनचुम्बी भवनहरू

दुबई गगनचुम्बी भवनहरूको राजधानीका रुपमा परिचित छ। यहाँको आर्थिक फड्को र तीव्र विकासको गति बारे चर्चा र सिकाे नगर्ने सायदै हाेलान्।

दुबईको आर्कषणले मोहित जो–पनि एकपल्ट यहाँ आएर फर्केपछि आफ्नो ठाउँलाई दुबई बनाउन चाहन्छन्। मध्यपूर्वको खाडी क्षेत्रको विकास बारे धेरैलाई चासो हुने गरेको छ।

दुबई २ सय वर्षअघि बिल्कुलै उजाड मरुभूमि र एउटा सानो माछा मार्ने गाउँ थियो। सन् १९६० ताका तेलको खोजी तीव्र भएसँगै दुबईको भाग्यमा चम्कियो र भारी परिवर्तन आयो।

सन् १९८० मा दुबई समुन्द्री मार्गमार्फत् थ्रुपै मुलुकसँग व्यापारमा जोडिएपछि चहलपहल बढ्न थाल्यो। दुबई कालान्तरमा संसारभरका मानिसहरूका लागि चर्चित पर्यटकीय स्थल बनेको छ। 

सन् १९९४ मा खोलिएको सात तारे होटल बुर्ज अल अरबसहित अन्य ठुल्ठूला महलहरू युद्धस्तमा निर्माण गरियो।

पछिल्लो दशकमा शहरको वास्तुकला विश्वभर चर्चामा छन्। जसको कारण यहाँ आएका जो–कोही पनि नजर पुग्ने प्रसिद्ध भवन यस्ता छन्–

बुर्ज खलिफा

Photo - izkiz.net

बुर्ज खलिफा विश्वकै सबैभन्दा अग्लो भवन हो। चर्चित पर्यटन केन्द्र दुबई शहरमा अवस्थित रहेको छ। यस भवनको उचाई ८२९.८ मिटर छ।

शहरस्थित पश्चिमी भागको अरब सागरकाे तटमा बुर्ज खलिफा रहेकाे छ।

बुर्ज अल अरब

Photo - cntraveler.com

बुर्ज अल अरब दुबई शहरकाे एक लक्जरी होटल हाे। जुमेराह होटल समूहले सञ्चालन गरेकाे याे हाेटल दुनियाकाे सबैभन्दा अग्लाे  होटलहरू मध्ये एक हाे। बुर्ज अल अरब जुमेराह समुन्द्री तटकाे २८० मीटरमा  रहेकाे छ। 

दुबई वर्ल्ड ट्रेड सेन्टर

Photo - Icd.gov.ae

दुबई वर्ल्ड ट्रेड सेन्टरलाई शेख रशीद टावर पनि भनिन्छ। सन् १९७९ मा बनेकाे याे सेन्टर दुबईमा अवस्थित अग्लो गगनचुम्बी भवन मध्ये एक हो।

सन् १९७९ देखि १९९९ को अवधिमा संयुक्त अरब इमिरेट्सको इतिहासमा याे पहिलो सबैभन्दा अग्लो समेत भवन हो।

केयन टावर

Photo -Theengineeringcommunity.org

इन्फिनिटी टावरकाे रूपमा पनि चिनिने याे भवन सबैभन्दा सुन्दर डिजाइनमा बनेकाे मानिन्छ। केयन टावर यहाँकाे समुन्द्री तटमा रहेकाे छ।

ओ-फोर्टिन

Photo - Inhabitat.com

स्विस चिज महल भनेर चिनिने ओ-फोर्टिन (ओ-१४) भवन। २२ तला भएको यो व्यापारिक टावर दुवैको व्यापारिक केन्द्रमा रहेको छ। देख्दा चिज जस्तो देखिने भएकाले स्विस चिज भनेर यो मनमोहक भवनको चौडाई ४० सेन्टिमिटर रहेको छ र यसमा १३०० प्वालहरू छन्। 

जेहा हाडिदको ओपस

Photo - Designbuild-Network

बुर्ज खलिफा जिल्लामा रहेको ओपस पनि यस्तै मनमोहक भवनहरु मध्ये एक हो। चर्चित "न्यु एम ई होटल" पनि यहि भवनमा रहेको छ। सन् २००७ मा जेहा हाडिदद्वारा डिजाइन गरिएको यो महलले ८४,३०० वर्ग किलोमिटर स्थान ओगटेको छ।

द दुसित थानी

Photo - 7boutiquehotels

सेख जायेद सडकको अर्को होटल, सन् २००१ मा सम्पन्न एक उच्चस्तरिय गगनचुम्बी भवन हो। पाँच तारे होटल रहेको यो भवनमा १४७ सयनकक्ष छन्।

दुबईको हजारा माउन्टेन, जहाँ हिउँ पर्छ (भिडियो/तस्वीरसहित)

प्रकाशित मिति: : 2021-06-25 22:22:00

प्रतिकृया दिनुहोस्