रसियाकाे याे ठाउँ, जहाँ मानिस गएपछि फर्कने सम्भावना कमै हुन्छ (फाेटाे फिचर)

Photo : atlasobscura.com
Photo : atlasobscura.com

हामीले बाँचिरहेको पृथ्वीमा अनेकौँ प्राणीहरु छन्। हामी ती जीवहरुसँग मात्र नजिक छौ, जुन जीवहरु मानव समुदायका लागि अनुकुल छन्।

पृथ्वीमै केही ठाउँहरु पनि यस्ता रहस्यमय छन्, जोसँग हामी अझैसम्म अनविज्ञ छौँ। विभिन्न विश्वविद्यालयका अन्वेषकहरुले पृथ्वीका विभिन्न रहस्यमय ठाउँहरुबारे खोज तथा अनुसन्धान गर्दै आएता पनि केही ठाउँहरुका रहस्य भने रहस्यमै सिमित छ।


Photo : atlasobscura.com

यहीबीच पृथ्वीमा एउटा ठाउँ पनि छ, जसलाई 'मृत्युको शहर' भनिन्छ। रसियाको उत्तरी ओसेटिया राज्यमा पर्ने यस ठाउँका रहस्यहरु अचम्मका छन्।

त्यसो त यस क्षेत्रबारे अहिलेसम्म ८१ वटा विश्व विद्यालयहरुले खोज तथा अनुसन्धान गरिसकेको तथ्यांक पनि छ। 

'मृत्युको शहर' भनेर चिनिने यस क्षेत्रको वास्तविक नाम भने 'डरग्याभ्स' हो। रसियन न्यूज एजेन्सी 'तास'मा उल्लेख भएको वैज्ञानिक अनुसन्धानका अनुसार हालसम्म यस क्षेत्रमा गएका मानिसहरु कमै मात्रामा फर्कन्छन्। यस क्षेत्रमा पर्यटकहरु खासै जाँदैनन्। जो जान्छन्, उनीहरु फर्कने सम्भावना कमै हुन्छ।

Photo : atlasobscura.comPhoto : atlasobscura.com

यो ठाउँ पाँच ठूला पहाडहरुको बीचमा छ। यहाँ सेतो रङका ढुंगाहरुले बनेका स-साना भौतिक संरचनाहरु छन्। प्रत्येक संरचनाका भित्ताहरुमा प्रचिन भाषाका अक्षरहरु लेखिएका छन्। जुन भाषा आधुनिक युगका मानिसहरुलाई बुझ्न गाह्रो हुन्छ।  ​ती संरचनाहरु देख्दा गुम्बा जस्तो देखिन्छन्। तर गुम्बा भने होइनन्।


Photo : atlasobscura.com

विभिन्न इतिहासविद्हरुले यस ठाउँलाई १६औँ शताब्दीको चिहानघारी भएको बताउँदै आएका छन्।


Photo : atlasobscura.com

यस क्षेत्रमा भएका संरचनाभित्र सयाैँ वर्ष पुराना कंकालहरु पाइन्छ। केही वैज्ञानिकहरुले ती कंकाल तथा अन्य अवशेषहरुको अध्ययन पनि गरेका छन्। उनीहरुका अनुसार १६औँ शताब्दीमा यस क्षेत्रमा कुनै रोगको प्रकोप आएको थियो, जसका कारण यहाँको समुदाय नै सखाप भयो।


Photo : atlasobscura.com

अहिले आसपासका भूगोलमा बस्दै आएका स्थानीयहरु पनि यस क्षेत्रमा जान खासै रुचाउदैनन्। सन् १९८४ मा केही पुरातत्वविद्हरु यस क्षेत्रको अनुसन्धान गर्न त्यहाँ गएका थिए। तर उनीहरु कहिल्यै फर्किएनन्।

यस्ता विभिन्न घटनाले यस ठाउँलाई आज पनि रहस्यमय बनाइरहेको छ। 

Photo : atlasobscura.com

प्रकाशित मिति: : 2021-06-23 18:23:00

प्रतिकृया दिनुहोस्