अमेरिकाको एरिजोनामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको एरिजोना राज्यमा दुई दिनदेखि लागेको आगोलाई ५९ प्रतिशत नियन्त्रणमा लिइएको छ।

आगलागीको कारण एक लाख ४८ हजार दुई सय ९९ एकड जमीन भने कामै नलाग्ने तरिकाले मरभूमिमा परिणत भएको छ।

रोयटर्सका अनुसार टेलिग्राफ फायर नामको यो आगलागीको कारण पिनाल काउन्टीका मानिसहरुलाई अर्को सुरक्षित स्थानमा सारिएको छ।

यो आगलागी एरिजोनामा आजसम्मकै छैठौ ठूलो आगलागी हो।

एक हजारभन्दा बढी अग्नि समन कर्मचारीहरु आगो निभाउन लागे पनि उनीहरु पूर्णरुपमा सफल हुनसकेका छैनन्।

यसैबीच एरिजोनाका गभर्नर डग ड्यूसीले फक्स टेन नामक टेलिभिजन च्यानलसँग कुरा गर्दै यो आगलागीबाट प्रभावित भएका व्यक्तिहरुलाई  पुनर्स्थापना गर्न सरकारले एक सय करोड डलर उपलब्ध गराउने जानकारी दिएका छन्। 

प्रकाशित मिति: : 2021-06-18 07:28:00

प्रतिकृया दिनुहोस्