बिएल संवाददाता
तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव ह्वात्तै बढेकाे छ।
लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
अहिले कोशी ब्यारेजका १४ ढोका खुला गरिएको छ। ५६ मध्ये १४ ढोका खोलिएको हाे। पानीको धेरै वहावका कारण ब्यारेज नै जोखिममा पर्ने देखेर ढोका खोलिएको हुनसक्ने स्थानीयले बताएका छन्।
सप्तकोशीमा मिसिने इन्द्रावती नदीमा २५ वर्षयताकै ठूलो बाढी आएपछि कोशी ब्यारेजमा थप सजकता अपनाइएकाे हाे।
नदीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जनाएका छन् ।
कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुरक्षा निकायले जानकारी दिएकाे छ।
मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रका कैयौँ मानिसहरू बेपत्ता भएका छन् भने सात जनाको मृत्यु भएको छ।
मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ५० जना बेपत्ता भएको र मेलम्ची खानेपानी ड्याम समाप्त गरेको एमाले नेता तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले बताएका छन्।
मेलम्ची नदीमा मङ्गलवार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्याएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताएका छन्। पूरा समाचार
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया