अफगानिस्तान माथिको नियन्त्रण अमेरिकाले पूर्ण रुपमा नछोड्ने संकेत

अमेरिकाले अफगानिस्तान माथिको आफ्नो नियन्त्रण पूर्ण रुपमा नछोड्ने भएकाे छ। 

ब्रसेल्समा जारी उत्तर अट्लाण्टिक सन्धि संगठन (नाटो)को बैठकमा अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिख अफगानिस्तान छोडे पनि काबुल विमानस्थल नछोड्ने बताएकाे हाे।

अमेरिकाकाे याे कदमप्रति चाैतर्फी असन्तुष्टीका आवाजहरू उठ्न थालेका छन्। टर्कीका राष्ट्रपति रेचप तैयप एर्दोगनले अमेरिकाको यो भनाइबाट अमेरिका अफगानिस्तानको हवाई क्षेत्रमा आफ्नो नियन्त्रण कायम राख्न चाहेको बताएका छन्।

त्यस्तै, पाकिस्थानका प्रधानमन्त्री इमरान खानले पनि अमेरिकाको यो कदम पाकिस्थान लगायत दक्षिण एसियामा आफ्नो हैकम कायम राख्ने छाल भएको बताएका छन्। 

सैन्य विश्लेषकहरुले रुस र चीनको बढ्दो सम्बन्धले अमेरिका त्रसित भएको कारण यो कदम चालिएको हुन् सक्ने बताएका छन्। अफगानिस्तानमा मात्र हाल सम्म कम्तिमा तीन हजार अमेरिकी सैनिकको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: : 2021-06-15 18:24:00

प्रतिकृया दिनुहोस्