कसरी होला ओलीराजको अन्त्य?

हिमाल खबर

शेखर खरेल

पहिलो पटक झैं याे पटक पनि प्रतिनिधिसभा विघटन सदर हुने सम्भावना देखिन्न। तर, आफ्नो स्वभावअनुसार फेरि पनि ओलीले सत्ता छाड्न आवश्यक ठान्ने छैनन्। त्यसैले यसपटक सम्मानित अदालतले ठीक–बेठीकको फैसला मात्र नगरेर बदनियतपूर्ण कृत्य गर्नेलाई सजाय पनि तोकिदिएपछि मात्र यो ‘दँस मकाब्र' (मृत्यु नाच) को अन्त्य हुनसक्छ।

२८ जेठमा बागमती प्रदेश सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएका नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्य आफ्नो टिप्पणीबारे आत्मालोचना गर्न बाध्य भए। अमर्यादित अभिव्यक्तिको चौतर्फी आलोचना र उनको आफ्नै पार्टी कांग्रेसले आत्मालोचनासहित माफी माग्न नसिहत दिएपछि भोलिपल्ट वैद्यले उही रोस्ट्रममा उभिएर आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिएको बताए।

कुनै एक परिस्थितिको तुलना अर्को परिस्थितिसँग गरिनुलाई साहित्यमा 'एलगोरी' (रूपक) भनिन्छ। प्रदेश सभा सदस्य वैद्यले रूपकात्मक दृष्टिले नाथुराम गोड्सेद्वारा महात्मा गान्धीको हत्यालाई प्रम ओलीको सन्दर्भमा प्रस्तुत गरे। गोड्सेले व्यक्ति गान्धीको भौतिक अन्त्य गरेका थिए। कुनै पनि नाममा व्यक्तिहत्या र त्यस्तो भाव वा अभिव्यक्ति सर्वथा गलत र निन्दनीय हो। अहिले खाँचो चाहिँ ओली प्रवृत्ति अर्थात् ओलीवाद र ओलीगार्कीको अन्त्य हो।

प्रकाशित मिति: : 2021-06-15 06:07:00

प्रतिकृया दिनुहोस्