ओलीलाई आफ्नै कदमबाट धक्का, विपक्षी गठबन्धनलाई मौका

थाहा खबर

काठमाडौँ
Breaknlinks
Breaknlinks

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफैँलेले चालेको कदमका कारण कमजोर बन्दै गइरहेका छन्। सर्वोच्च अदालत र विपक्षी गठबन्धनविरुद्ध चालेका एकपछि अर्का कदमले ओलीलाई धक्का लागेको हो। 

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का असन्तुष्ट नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादवबीच ओली विरुद्ध बलियो गठबन्धन बनेको छ।

अर्कातर्फ, पार्टीका नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई बाइपास गर्दै अगाडि बढ्न थालेपछि यतिखेर एमाले पार्टी नै विभाजनको डिलमा पुगेको छ।सरकारले चालेको कदममा अदालतले लगाम लगाएपछि ओलीलाई अर्को धक्का लागेको छ।

ओलीले आफ्नो समूहलाई एक्ल्याएर असंवैधानिक कदम चालेपछि पार्टीले ठूलो हानी व्यहोर्नुपरेको माधव समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्। भन्छिन्, ‘उहाँको कदमले पार्टीलाई ठूलो नोक्सानी परिरहेका छ। उहाँले गल्ती सच्चाएर आत्मालोचना गरी फर्किएमा अहिले निम्तिएका सबै समस्याको हल हुन्छ।’

अदालतले पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने आदेश दिएपछि पार्टी एकताको लागि सकारात्मक सन्देश प्राप्त भएका उनी दाबी गर्छिन्। 

प्रकाशित मिति: : 2021-06-14 08:53:00

प्रतिकृया दिनुहोस्