सोमालियमा अल सेबाबका सत्र विद्रोही मारिए

Khama.com
Khama.com

सोमालियामा यहाँको सेनाले गरेको कारवाही मा परेर कम्तीमा पनि १७ जना सशस्त्र लडाकूहरुको ज्यान गएको छ। 

यहाँका सैन्य अधिकारीहरुले दिएको जानकारीअनुसार सोमालियाका विभिन्न दुई प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका १७ जना लडाकू मारिएका हुन्। 

यहाँको हिरान भन्ने स्थानमा सोमालियको राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो। सो कारबाहीमा र सो क्षेत्रको केही पर रहेको नमाम भन्ने नगरमा भएको अर्काे एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका हुन्। 

ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरुले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने गरेको सूचना सेनाले पाएको जनाएको थियो। त्यस सूचनाका आधारमा यहाँको सेनाले ती क्षेत्रमा केही दिनदेखि कारबाही पनि जारी राखेको थियो। 

त्यस कारबाहीमा परेर अरु पनि कैयौँ विद्रोही मारिएको आशंका गरिएको छ। अरु कैयौँ घाइते पनि भएका छन्। शुक्रबार यहाँको सेनाले उक्त कारबाही गरेको थियो । यस कारबाहीमा परेर के कति विद्रोही मारिएका छन् भन्ने बारेमा स्पष्ट सूचना आउन बाँकी रहेको बताएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-12 17:54:00

प्रतिकृया दिनुहोस्