गुगल र अमेजनद्वारा ब्राण्ड दुरुपयाेगकाे आराेप अस्वीकार, सोनोस टाट पल्टिने सम्भावना

बिएल संवाददाता

वासिङ्टन डीसी
Breaknlinks
Breaknlinks

सुचना प्रविधि सम्बन्धी कारोबार गर्ने दुई प्रमुख कम्पनी गुगल र अमेजनले स्पिकर निर्माता कम्पनी सोनोस इँकले लगाएको आरोपलाई अस्वीकार  गरेका छन्।

साथै यी दुई कम्पनीले उचित सुनुवाई गर्न सिनेट कोन्यायपालिका समितिको अविश्वास उप-समितिमा उजुरीसमेत दिएका छन्।

उनीहरुले आफ्नो कम्पनीविरुद्ध आधारहीन बयान गर्ने ब्यक्तिहरुको लामो सूची पनि बुझाएका छन्, जसमा सोनोस इँकको एक उच्च अधिकारीको पनि नाम छ।

अमेजन अनलाइन व्यापारको पनि अग्रणी कम्पनी हो। यसको दैनिक व्यापार कम्तीमा दुई अर्ब डलर बराबर रहेको छ। उप-समितिका अध्यक्ष सीनेटर एमी क्लोबुचर र शीर्ष रिपब्लिकन सिनेटर माइक लीका अनुसार यो सुनुवाई अर्को हफ्तादेखि सुरु हुनेछ।

सोनोस इँकका प्रमुख कार्यकारी अधिकृत पेट्रिक स्पेसले गत बर्ष गुगल र अमेजनले आफ्नो ब्रान्डको प्रभावलाई गलत तरिकाले प्रयोग गरेर अरु कम्पनीलाई टाट पल्टाउन खोजेको आरोप लगाएको थिए।

सुनुवाईमा अमेजनको पक्ष एसोसिएट जनरल काउंसिल रयान मेकक्रेट, गुगलको पक्ष सार्वजनिक नीति विशेषज्ञ विल्सन व्हाइट र सोनोस इँकको पक्ष जनरल काउंसल एडी लाजरले राख्नेछन।

स्पिकरको बजारमा करिब ३५ प्रतिशत हिस्सा भएको सोनोस इँकको हाल अमेजनले इको स्मार्ट स्पीकर तथा स्मार्ट डिभाइस एलेक्सा र गुगलले गूगल स्मार्ट स्पीकरको पुरा एक श्रृंखला बजारमा ल्याएपछि सोनोस इँकको बजार हिस्सा घटेर १४ प्रतिशत मा आएको छ।

सुनुवाईपछि सोनोस इँक दोषी देखियो भने दुवै कम्पनीलाई ५०(५० करोड डलर क्षतिपूर्ति तिर्नु पर्ने छ। बजार विश्लेषकहरुका अनुसार दिन प्रतिदिन घाटामा गएको सोनोस इँकले क्षतिपूर्ति तिर्नु पर्यो भने टाट पल्टिने लगभग पक्का छ। 

प्रकाशित मिति: : 2021-06-12 09:31:00

प्रतिकृया दिनुहोस्