सभामुख अग्नीप्रसाद सापकोटाले बोलाएको राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा "राजनीतिक र गैरराजनीतिक" दुवैखाले विषयमा छलफल भएको सहभागी नेताहरूले बताएका छन्।
प्रतिनिधिसभा विघटन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न भनेर सापकोटाले शुक्रवार दिउँसो उक्त बैठक राखेका थिए।
राजनीतिक दलका शीर्ष नेताहरू सहभागी बैठक मुख्यत: प्रतिनिधिसभा विघटनको मुद्दामा केन्द्रित भएको बताइएको छ।
तर बैठकमा राजनीतिक बाहेकका अन्य विषयमा पनि नेताहरू र सभामुखबीच छलफल भएको सहभागीले जानकारी दिए।