जापानी संसदद्वारा म्यान्मार सैन्य 'कू'काे विराेध, जनताकाे अधिकार फिर्ता दिन सैनिकलाई आग्रह

सुधा अत्रि

म्यान्मार
Photo : Reuters
Photo : Reuters

जापानी संसदको तल्लो सदनले शुक्रबार म्यान्मार सैनिककाे सत्ता हत्याउने कार्यकाे भर्त्सना गर्दै तीव्र विराेध गरेकाे छ।

बैठकमा सांसदहरूले चाँडै प्रजातन्त्रमा फर्कने समेत सैन्य परिषदलाई आह्वान गरेका छन्। म्यान्मारकाे प्रजातन्त्रिक आन्दाेलनलाई जापानी संसदका सांसद तथा सचिव मिछिही राेहि राेईशीभाशीले समर्थन गरेका हुन्।

सैन्य हिरातमा रहेका जननिर्वाचित प्रतिनिधिलाई तत्कालन रिहा गर्नसमेत माग गरिएकाे छ। कुनै पनि हिसाबले प्रजातन्त्रकाे विकल्प सैनिक शासन नभएकाे भन्दै जनताकाे अधिकार फिर्ता आग्रह गरेकाे छ।

गत जून ८ मा सम्पन्न संसदको माथिल्लाे सदनले समेत म्यान्मार सैन्य 'कू'काे निन्दा गरिसकेकाे छ। जापानी संसदकाे दुईवटै सदनले सैन्य सत्तालाई कुनै पनि हालतमा समर्थन गर्न नसक्ने जानकारी दिएकाे छ।

स्वतन्त्रता र प्रजातन्त्रका लागि जनताकाे पक्षमा जापानी दुबै सदनलाई म्यान्माली जनताले धन्यवाद व्यक्त गरेका छन्।

सैन्य सत्तालाई मान्यता नदिने विषयमा समेत ब्रिटेनमा जारी जी–७ काे शिखर सम्मेलनमा जापानले कुरा उठाउने बताइएकाे छ।

टाेक्याेमा बस्ने म्यान्मार मुलका नागरिकहरूले जापानी सदनले पीडित जनताले भाेगिरहेकाे दुःख बुझेर प्रदर्शनकारीकाे पक्षमा बाेलेकाे बताएका छन्।



सुकीलाई भ्रष्टाचारकाे गम्भीर मुद्दा, अदातलमा ७ आरोप सामना गर्दै

आङ सान सुकीलाई सैन्य हिरासतमा आर्थिक अभाव, सरकारी खर्च लिन अस्वीकार

प्रकाशित मिति: : 2021-06-12 07:44:00

प्रतिकृया दिनुहोस्