सुधा अत्रि
जापानी संसदको तल्लो सदनले शुक्रबार म्यान्मार सैनिककाे सत्ता हत्याउने कार्यकाे भर्त्सना गर्दै तीव्र विराेध गरेकाे छ।
बैठकमा सांसदहरूले चाँडै प्रजातन्त्रमा फर्कने समेत सैन्य परिषदलाई आह्वान गरेका छन्। म्यान्मारकाे प्रजातन्त्रिक आन्दाेलनलाई जापानी संसदका सांसद तथा सचिव मिछिही राेहि राेईशीभाशीले समर्थन गरेका हुन्।
सैन्य हिरातमा रहेका जननिर्वाचित प्रतिनिधिलाई तत्कालन रिहा गर्नसमेत माग गरिएकाे छ। कुनै पनि हिसाबले प्रजातन्त्रकाे विकल्प सैनिक शासन नभएकाे भन्दै जनताकाे अधिकार फिर्ता आग्रह गरेकाे छ।
गत जून ८ मा सम्पन्न संसदको माथिल्लाे सदनले समेत म्यान्मार सैन्य 'कू'काे निन्दा गरिसकेकाे छ। जापानी संसदकाे दुईवटै सदनले सैन्य सत्तालाई कुनै पनि हालतमा समर्थन गर्न नसक्ने जानकारी दिएकाे छ।
स्वतन्त्रता र प्रजातन्त्रका लागि जनताकाे पक्षमा जापानी दुबै सदनलाई म्यान्माली जनताले धन्यवाद व्यक्त गरेका छन्।
सैन्य सत्तालाई मान्यता नदिने विषयमा समेत ब्रिटेनमा जारी जी–७ काे शिखर सम्मेलनमा जापानले कुरा उठाउने बताइएकाे छ।
टाेक्याेमा बस्ने म्यान्मार मुलका नागरिकहरूले जापानी सदनले पीडित जनताले भाेगिरहेकाे दुःख बुझेर प्रदर्शनकारीकाे पक्षमा बाेलेकाे बताएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया