बाबु-आमासँग छुटेका बालबालिकालाई अमेरिकी सरकारले सुविधासहित सुरक्षित राख्ने

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Reuters/Jose Luis Gonzalez
Photo : Reuters/Jose Luis Gonzalez

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्वन गरेको अवैध रुपबाट अमेरिका छिर्ने व्यक्तिहरुलाई गर्ने गरेको 'जिरो टोरोलेन्स पोलिसी' अन्तर्गत बाबु-आमासँग छुट्न पुगेका तीन हजार नौ सय १३ बालबालिकालाई सुरक्षित राखिने भएको छ।

पचास वटै राज्यमा रहेको सरकारद्वारा संचालित आवास गृहमा सम्पूर्ण सुविधा प्रदान गरेर ती बालबालिकाहरुलाई सुरक्षित राखिने भएको हो। 

ती बालबालिका २१ वर्षको उमेर पुग्दासम्म उनीहरुको अभिभावकलाई भेट्न नसकेमा उनीहरु स्वतः अमेरिकी नागरिक हुनेछन्।

क्यालिफोर्नियाको सान डियगोस्थित एक अदालतले सरकारको नाममा यस्ताे आदेश जारी गरेको हो। यस्ता अभिभावकबिहिन बालबालिकाहरुको तर्फबाट अदालतमा मुद्दा लडिरहेको अमेरिकन सिविल लिबर्टीज यूनियनका अनुसार बालबालिकाको सम्पूर्ण जिम्मेवारी अमेरिकी सरकारले बताएको छ।

यूनियनका प्रवक्ता डेग फरारेका अनुसार यस्ता बालबालिकाहरुको संख्या पाँच हजार पाँच सयसम्म पुग्न सक्नेछ।

प्रकाशित मिति: : 2021-06-10 06:39:00

प्रतिकृया दिनुहोस्