फ्रान्सका राष्ट्रपतिलाई थप्पड हान्ने दुई जना पक्राउ [भिडियो]

फ्रान्सका राष्ट्रपति इमैनुएल मेक्रानलाई थप्पड हानेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिएमएफ टेलिभिजन र आरएमसी रेडियोका अनुसार फ्रान्सको दक्षिण–पूर्वी ग्रामिण क्षेत्रको भ्रमणका क्रममा केही दिनअघि एक व्यक्तिले अचानक राष्ट्रपति मेक्रानलाई थप्पड हानेका थिए।

सामाजिक सञ्जालमार्फत् अज्ञात व्यक्तिले पोस्ट गरेको 'भिडियो क्लिप'लाई अनुसन्धान गरेर प्रहरीले आराेपीलाई पक्राउ गरेको हो।

भिडियो कसले पोस्ट गर्यो भन्ने बिषयमा प्रहरीले साइबर ब्यूराेसँग सम्बन्धित व्यक्तिहरुको सहयोगमा खाेजी कार्य जारी राखेकाे छ। देशका विभिन्न नेताहरूले थप्पड घटनाको निन्दा गरेका छन्।

प्रकाशित मिति: : 2021-06-08 20:39:00

प्रतिकृया दिनुहोस्