१४औँ 'केस'मा दीपक मनाङेका भाइ हिरासतमा : रेम्बोको कनेक्शनबाट मुख्य एजेन्ट खोज्दै प्रहरी

महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका केही थुनुवालाई चिन्नको लागि 'रेकर्ड बुक' नै पल्टाउनुपर्छ। तर एक यस्ता थुनुवा छन्, जसलाई प्रहरीले परैबाट सहजै पहिचान गर्छ।

काेर्ताे गुरुङ उर्फ रेम्बो काे उमेरले जति वसन्त टेक्यो, त्यो भन्दा बढी त रेम्बोको पैतलाले प्रहरीको हिरासत नै टेक्यो होला।त्यसैले पनि प्रहरीको लागि रेम्बो नयाँ नाम होइन।

त्यो भन्दा उनको परिचयमा अर्को नाम झुन्डिएको छ, दिपक मनाङेका भाई। रेम्बो उनकै भाइ हुन्, जो अहिले गण्डकी प्रदेशका खेलकुद मन्त्री छन्। खेलकुद मन्त्री अर्थात राजिव गुरुङ ‘दीपक मनाङे’।

त्यतिले मात्र रेम्बोलाई प्रहरी र अपराधबिच परिचित गराउँदैन। त्यो भन्दा बढी उनको टाउकामा थपिएको दर्जनभन्दा बढी केस।

रेम्बो विरुद्ध लागुऔषध कारोबारदेखि धम्कीसम्मका १४ वटा मुद्दा रहेको प्रहरीले जानकारी दिएको छ। यस पटक रेम्बोको प्रहरी हिरासतसम्मको यात्रा अन्य कारणले नभएर लागुऔषधकाे कारोबार नै हो।

दीपक मनाङे गुन्डागर्दीमा संलग्न हुँदादेखि नै उनी लागुऔषध सेवन देखि कारोबारमा मुछिएका थिए। तर दाइ मनाङेलाई भने भाइको यो काम पटकै मन परेको थिएन।

एक साताअघि महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले रेम्बोलाई लागुऔषध कारोबार गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो। यो पटक कारोबारीमा समातिने रेम्बाेसहित जाउलाखेल भलिबल क्लबका टिम म्यानेजर अनुप श्रेष्ठ पनि मुछिएका थिए।

समाजसेवीको छवि बनाएका अनुपसँग लागुऔषध लिन गएको समयमा प्रहरीले रेम्बोलाई रंगेहात पक्राउ गर्न सफल भएको थियो।

रेम्बोको लागुऔषध कारोबारको इतिहास निकै लामो छ। दीपक मनाङे गुन्डागर्दीमा संलग्न हुँदादेखि नै उनी लागुऔषध सेवन देखि कारोबारमा मुछिएका थिए। तर दाइ मनाङेलाई भने भाइको यो काम पटकै मन परेको थिएन। उनले पटक-पटक लागुऔषधको कारोबार र सेवनबाट छुटाउन खोजे तर सफल भएनन्।

लतमा फसिसेका रेम्बोले बरु दाइसँगको सम्बन्ध त्यागे तर लागुऔषधको कारोबार त्याग्न सकेनन्। यही विषयमा दाजुभाई बिच विवाद हुँदा उनीहरू छुटिए। अहिले उनीहरू बीच पानी बारा-बार नै भएको बताइन्छ। रेम्बो अहिले पनि आफू लागुऔषध सेवनकर्ता भएको भन्न अलिकति पनि हिच्किन्नन्। 



दिपक मनाङेको भाइ रेम्बोले ज्यान मार्ने धम्की दिएपछि ज्यान जोगाउन भागेँ

जावलाखेल भलिबल क्लबका टीम म्यानेजर लागुऔषधसहित पक्राउ (भिडियोसहित)



''ह्या दाइ 'आइस' त भरियाले खाने हो, यसले ट्रिप दिदैन। त्यसैले मैले हेराेईन खान्छु। कहिलेकाहीँ कोकीन पनि खान्छु।'', निर्धक्क भएर उनले सुनाए।

उनी आफू सेवनकर्ता मात्र भएको भन्दै आफ्नो बचाउन गरिरहेका छन्। तर प्रहरीको अनुसन्धानमा उनी 'ड्रग्स डिलर' भएको देखिएको छ। ठमेल क्षेत्रमा उनको लागुऔषध कारोबारको अखडा मानिन्छ।

लागुऔषध एम मेथावाईन (आइस) मंहगो लागुऔषधको सूूचीमा पर्छ। उनी यसैका कारोबारीसमेत हुन्। उनलाई सबै खाले लागुऔषधको स्वाद  थाहा छ।

त्यसैले उनी निर्धक्क भन्छन्, ''मैले सबै खाएको छु, सबैभन्दा वेस्ट भनेको हेरोइन हो।''

प्रहरी र हिरासत पानी-पधेरो बनाएका रेम्बोलाई प्रहरीसँग कसरी उम्किने? कतिसम्म बोल्ने सबै कुरामा ख्याल भइसकेकाे छ।त्यसैले प्रहरीको केरकारमा चुप रहने गरेको अनुसन्धानमा खटिएका  एक प्रहरी अधिकृतले जानकारी दिए। 

उमेर ३५ नकटेका रेम्बोले अहिलेसम्म कति पटक हिरासतको यात्रा गरे उनलाई नै पत्तो छैन। रेम्बाेकाे लागि 'अपराध गरे भनेर' पश्चाताप गर्नु त टाढाकाे कुरा हाे।

''उसको एउटै कुरा हुन्छ- म कारोबारी होइन, मात्र सेवनकर्ता हुँ। त्यो पनि छोडेको धेरै भयो।’ प्रहरी अधिकृतले बिएल नेपाली सेवालाई सुनाए।

दाई मनाङेको आडमा समेत उनको अपराधले झन् प्राेत्साहन पाएको प्रहरीको दावी छ। मनाङेले गण्डकी प्रदेशमा चुनाव जितेपछि झन् उनको चुरीफुरी बढेर गएको थियो। रेम्बाेले व्यापारीलाई धम्काउनेदेखि ठग्ने सम्मका धन्दा गर्न पाए।

त्यसो त उनले लागुऔषध विरुद्धको अभियानमा जुटेकी एक युवतीलाई सामाजिक सञ्जालमै गाली-बेइजत गरी ज्यान मार्ने धम्की दिएका थिए। अहिले यो केस प्रहरीकै हातमा छ।

उमेर ३५ नकटेका रेम्बोले अहिलेसम्म कति पटक हिरासतको यात्रा गरे उनलाई नै पत्तो छैन। रेम्बाेकाे लागि 'अपराध गरे भनेर' पश्चाताप गर्नु त टाढाकाे कुरा हाे।

रेम्बोको कनेक्सेनबाट नै ठूला लागुऔषध कारोबारीसम्म पुग्ने भन्दै प्रहरीले उनकाे केसबारे गम्भीर अनुसन्धान थालेकाे छ। 

प्रकाशित मिति: : 2021-06-08 19:54:00

प्रतिकृया दिनुहोस्