रिक्सा चालकको चित्कार : भोकोपेट भर्ने वातावरण मिलाइदेऊ सरकार

थाहा खबर

काठमाडौँ

श्याम राई

सोमबार निषेधाज्ञाको ४१ औँ दिन। जति दिन निषेधाज्ञा भयो उत्तिकै दिनदेखि उनको हातमा पैसा परेको छैन। खल्ती खालि छ।निषेधाज्ञा जारी छ,तर पनि उनी ठमेल, बसन्तपुर क्षेत्रमा चक्कर लगाइरहन्छन्। ग्राहक पाउँदैनन् अनि रित्तै हातमा डेरामा फर्किन्छन्। यात्रुबिनाकाे खाली रिक्सा कुदाएर आकाश मानन्धरको दैनिकी बित्ने गरेकाे छ। 

सोमबार वसन्तपुरमा निराश मुद्रामा रित्तो रिक्सा डोहोर्‍याइरहेका बेला आकाश भेटिए। रिक्सामा यात्रु थिएनन् बरु तीन किलो चामल र दाल थियो। यो चामल उनले किनेकाे होइन,किन्ने हैसियत पनि अहिले बनाउन सकेका छैन उनले। भने,‘खै कुन संस्थाले पो वसन्तपुरमा राहत बाँडेका रैछन,उनीहरुले मलाई पनि दिए, लिएर आए।’

निषेधाज्ञाले गर्दा अहिले कमाई शून्य रहेकाे उनले सुनाए। ललितपुरस्थित बुङमतिका आकाश ३६ सालदेखि रिक्सा चलाउँदै आएका छन्। हिसाब गर्ने हो भने ४२ वर्ष भइसकेछ। उमेरले ६० पार गरिसके। रिक्साको पाईडल  घुमाउँदा घुमाउँदै उनको पैताला खिइसक्यो। तर,अझै उनकाे पाईडल घुमाउनेकाे पावर रोकिएकाे छैन। राेक्न पनि चाहदैँनन्। 

प्रकाशित मिति: : 2021-06-08 13:45:00

प्रतिकृया दिनुहोस्