तार बिना नै चार्ज गर्न मिल्ने 'आइप्याड' बजारमा आउदै

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : in.mashable.com
Photo : in.mashable.com

विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार बिनानै चार्ज गर्न मिल्ने आइप्याड चाँडै नै बजारमा ल्याउने जनाएको छ।

अहिले नयाँ विषेशता सहितको आइप्याड परीक्षणकै क्रममा रहेकाले अर्को बर्षसम्ममा बजारमा आउने कम्पनीले जनाएको छ।

तार बिना चार्ज हुने ट्यावलेट प्लग लगाएर चार्ज गर्ने ट्यावलेटभन्दा बढी टिकाउ हुनेपनि कम्पनीका अधिकारीहरुले जनाएका छन्।

चार्जर बिना चार्ज गर्न मिल्ने आइप्याडमा अन्य नयाँ विषेशताहरु पनि थप्ने तयारी भइरहेको उनीहरुको भनाइ छ। बिना तार चार्ज गर्न मिल्ले डिभाइस एप्पलकै अन्य डिभाइज चार्ज गर्न पनि मिल्ने बताइएको छ।

एउटै डिभाइसले आइप्याड वा आइफोनलाई पनि चार्ज गर्न मिल्ने उनीहरुले दावी गरेका छन्। तार बिना पनि चार्ज गर्न मिल्ने भएपछि त्यसको प्रयोग धेरै सजिलो हुने र लोकप्रिय पनि हुने देखिएको छ।

प्लगबाट चार्ज गर्नुपर्ने मोवाइलहरु चार्जका लागि विद्युतको लाइन भएकै ठाउँमा राख्नु पर्ने बाध्यताले भएका कतिपय कठिनाइ अब हट्ने भएको छ।

प्रकाशित मिति: : 2021-06-08 06:57:00

प्रतिकृया दिनुहोस्