कोरोनाको कहरमा कमलरी : आठ वर्षको उपलब्धि उल्टिने खतरा

२४ जेठ अधिकांश मानिसका लागि अन्य दिनजस्तै एउटा सामान्य दिन होला, तर पश्चिम नेपालको तराईका पाँच जिल्लाका विगतमा दासताको जीवन बिताएका हजारौँ मुक्त कमलरीका लागि भने यो दिनको महत्व फरक छ।

०७० सालको २५ जेठका दिन कमलरी संयुक्त संघर्ष समिति र नेपाल सरकारको तर्फबाट तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयबीच कमलरी मुक्तिका लागि कमलरीहरूको पुनस्र्थापनासम्बन्धी सम्झौता भएको थियो। 

०७० साल असार १३ मा सरकारले कमलरी प्रथा अन्त्यको घोषणा गरेपछि एक्काइसौँ शताब्दीमा समेत दासताको जीवन बिताइरहेका हजारौँ कमलरीको जीवनमा उज्याला किरणहरू परे। पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसमेतका पाँच जिल्लामा घर भएका, तर देशका विभिन्न ठाउँमा कमलरी जीवन बिताइरहेका बालिकाहरूको मुहारमा साँच्चिकै खुसी देखा प¥यो। आज सम्बन्धित पक्षले सोच्ने वेला भएको छ, ‘के त्यो खुसी अहिले पनि जीवित छ त ?’ 

प्रकाशित मिति: : 2021-06-07 06:48:00

प्रतिकृया दिनुहोस्