अमेरिकाले नेपालसहित १६ वटा एसियाली देशलाई कोभिडविरुद्धको खोप दिने

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : bu.edu
Photo : bu.edu

अमेरिकाले १६ वटा एसियाली देशहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले एक वक्तव्य जारी गर्दै नेपालसहितका १६ वटा एसियाली देशहरुलाई ७० लाख डोज खोप दिने घोषणा गरेको हो। नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने उल्लेख भने गरिएको छैन।

अमेरिकाले आगामी जुन महिनाभित्र विश्वभर ८० मिलियन डोज खोप उपलब्ध गराउने भएको हो। पहिलो चरणमा विभिन्न देशहरूले २५ मिलियन डोज खोप प्राप्त गर्नेछन्।

नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप पाउने भएका हुन्। 

प्रकाशित मिति: : 2021-06-04 05:41:00

प्रतिकृया दिनुहोस्