विश्वभर नै लोकतन्त्र  खतरामा छ : जो बाइडेन

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : NDTV
Photo : NDTV

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकासहित विश्वभर नै लोकतन्त्र  खतरा रहेको बताएका छन्।

अर्लिङ्ग्टनमा युद्धमा मृत्यु भएका सैनिकहरुको सम्मानमा मनाउने 'मेमोरियल डे' मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

अमेरिकाको स्वतन्त्रताको लागि भएको युद्धमा मारिएका सैनिकहरुको त्याग र बलिदानको मुल्य कसैले पनि चुक्ता गर्न नसक्ने बताउदै उनले भने, 'साहनभुती र क्षमा लोकतन्त्रको शक्ति भएको कारण हामीले फरक मत राख्नेलाई शत्रुतापूर्ण व्यवहार गर्नु हुँदैन।'

विश्वका देशहरुमा बढ्दै गएको तानाशाहीप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति बाइडेनले उदारीकरण र न्याय पाउने अवसर लोकतन्त्रमा मात्र हुने जिकिर गरे।

यसैबीच ट्र्म्प सरकारमा राष्ट्रीय सुरक्षा सलाहकारजस्तो महत्वपूर्ण पदमा रहेका माइकल फ्लिनले म्यान्मारमा भएजस्तो सैनिक 'कू' अमेरिकामा हुनुपर्ने बताए।

एउटा टेलिभिजन कार्यक्रममा एक दर्शकले म्यान्मारको घटनाको बारेमा सोधेको प्रश्नको उत्तर दिदै फ्लिनले अमेरिकामा पनि सैनिकको सहयोगमा 'कू' गरेर पुनः डोनाल्ड ट्र्म्पलाई राष्ट्रपति बनाउनु पर्ने विचार व्यक्त गरे।

त्यसो त उनको यो विचारलाई रिपब्लिकन पार्टीकै समर्थकहरुले विरोध गरेका छन्। 

प्रकाशित मिति: : 2021-06-02 17:43:00

प्रतिकृया दिनुहोस्