संक्रमण घट्यो मृत्युदर किन घटेन ?

बाह्रखरी

काठमाडौँ

 अस्मिता रिजाल

पछिललो दुई सातायता नेपालमा कोभिड संक्रमितको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । तर, संक्रमितमध्येबाट मृत्यु हुनेको दर हेर्ने हो भने घटेको छैन । सरकारले कोभिड नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेकै अवधीमा  नेपालमा अहिलेसम्मकै धेरै संक्रमित थपिए भने यही मृतकको संख्या पनि झन्डै दोब्बर भएको छ ।
 
यस्तो छ जेठ महिनाको मृत्युको तथ्यांक 
वैशाख ३१ गतेसम्म नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ थियो । वैसाख २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न समयमा मृत्यु भएकाहरुको संख्या अध्यावधिक गरेको भन्दै एकैदिन २२५ जनाको तथ्यांक सार्जजनिक गरेको थियो । जेठयता १ गते ८ हजार १६७ जना संक्रमित थपिँदा १८७ जनाको मृत्यु भएको थियो । जेठ ३ गते कोभिड संक्रमणका कारण २१४ जनाको मृत्यु भएको तथ्यांक छ भने जेठ ५ गते कोभिड अवधिकै सबैभन्दा धेरै एकैदिन २४६ जनाको मृतयु भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गर्यो । 

त्यसयता दुई दिनसम्म दैनिक १७० भन्दा बढी संक्रमितको मृत्यु भयो । जेठ ८ गते ८ हजार ९८० जना संक्रमित थपिँदा १२९ जनाको मृत्यु भयो । जेठ ९ गते संक्रमितको संख्या घटेर ७ हजार ९१५ पुगे पनि मृत्यु हुनेको संख्या भने १९३ थियो । जेठ १२ गतेदेखि दैनिक संक्रमितको संख्या लगातार घट्दै गए पनि मृतयु हुनेको संख्या भने उल्लेखीय रुपमा घटेन । जेठ १४ गते अघिल्लो साताको तुलनामा केही कम ९६ जनाको मृत्यु भयो । तर, पछिल्लो साता दैनिक संक्रमितको संख्या घटेर ४ हजारको हाराहारीमा आइपुगेको भए पनि दैनिक मृत्यु हुनेको संख्या उल्लेख्य रुपमा घटेको छैन । जेठ १ देखि १८ गतेसम्म नेपालमा कोभिड संक्रमणबाट २ हजार ७८५ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 

प्रकाशित मिति: : 2021-06-02 09:06:00

प्रतिकृया दिनुहोस्