कोरोनाको महामारीमा सरकारी गाडी लिएर स्वयम्भुमा लभजोडीको रोमान्स !

काठमाडौं – सरकारले सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने नियम बनाएको छ । यी सवारीसाधन सरकारले तोकेको समयअवधि भन्दा पछि चलेमा होल्डमा राखिनेछ ।

कार्यालय आउजाउको लागि सरकारले तोकेको निश्चित समयअवधि भन्दा पछि चल्ने सवारी साधन निजी होस् या सरकारी ट्राफिक प्रहरीले होल्ड गरेर राख्ने गरेको छ। सरकारी सवारीसाधनलाई पनि होल्डमा राखिएको छ नी भन्ने हाम्रो प्रश्नमा ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले नियमकानुन सबैलाई बराबरी हुनुपर्ने बताए ।

कोरोना भाइरसको महामारीको दोस्रो लहर चलिरहँदा समेत अझै नियन्त्रणमा आउन सकेको छैन । कोरोना महामारीमा अटेर गरी हिँड्ने सवारी साधनलाई होल्ड गरिने प्रमुख भट्टराईले बताए । तर, यस्तो भयावह स्थिति हुँदा केही सरकारी गाडी आफैं अटेर गरी हिँडेको पाइएको छ । 

आइतबार स्वयम्भुको डाँडामा देखिएको एक दृश्यले अच्चम तुल्यायो। लभ गर्न एक जोडी सरकारी गाडी लिएर स्वयम्भु पुगेको पाइएको छ। बिहान करिब ११ बजे स्वयम्भु पुगेको उक्त जोडी १२ः४५ बजे त्यहाँबाट निस्किए ।

प्रदेश ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर जोडी स्यम्भुमा रोमान्स गर्न पुगेको थियो । स्वयम्भुमै काम गर्ने मजदुरहरु समेत सरकारी गाडीमा लभ गर्न आएको देखेर अच्चमित भए । ‘११ बजेतिर आएको हो। एकजना केटा र केटी आएको थियो। सिधै माथितिर लागे, अरु केही थाहा भएन,’ एक मजदुरले भने ।

प्रकाशित मिति: : 2021-05-31 14:50:00

प्रतिकृया दिनुहोस्