देशसञ्चार
माधब कुमार बस्नेत
यसपालि ऐतिहासिक हुने कुराहरू नेपालमा निकैवटा भएका छन् (स्मरण रहोस्- अचेल कतिपयले “ऐतिहासिक” शब्दको प्रयोग “महत्त्वपूर्ण” भन्ने, सकारात्मक अर्थ दिने गरी प्रयोग गरेको देखिए पनि र “ऐतिहासिक” शब्द आफैँ विशेषण भए पनि नकरात्मक वा सकरात्मक अर्थ दिने नभई तठस्थ अर्थ भएको शब्द हो। यसको अर्थ इतिहासमा उल्लेख भएको, इतिहासमा वर्णन भएको, इतिहाससम्बन्धी आदि हुन्छन् । मैले पनि भोलि कसैले इतिहास लेख्दा वर्णन हुने विषय भन्ने अर्थमा प्रयोग गरेको हो) । त्यस्तैमध्येको एउटा हो सभामुखज्यूको परामर्श कार्यक्रम । २०७८ जेठ १३ गते प्रतिनिधि सभा विघटन विरुद्धमा परेका रिटहरूमध्ये १९ वटा रिटहरूको सुनुवाइ प्रधान न्यायाधीशको इजलासमा चलिराखेको थियो । ठीक त्यहीबेलामा विघटनविरुद्ध परेका मुद्दाहरूका विपक्षी विघटित प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटा वर्तमान परिस्थितिमा आफ्नो भूमिका के हुन्छ वा हुनसक्छ भनेर संविधानविद्हरूसँग परामर्शको कार्यक्रम राख्नुभएको रहेछ ।
कोसँग, के विषयमा, कस्तो र कहिले परामर्श लिने भन्ने परामर्श चाहनेको खुसीको विषय हो । कसले के परामर्श दिनुभयो, त्यो उहाँहरूको आफ्नो विचार हो । उहाँहरूको निजी विचार र बोधको विषयमा पनि मेरो केहो टिप्पणी छैन । उहाँहरूको व्यक्तिगत बोध र विचारको रूपमा त्यसलाई सम्मान नै गर्छु । त्यसैले त्यसमा कसैले प्रश्न उठाउन पनि सक्दैन र उठाउनु पनि हुँदैन । मलाई यति कुराको ज्ञान हुँदाहुँदै पनि फेरि यो लेखेको कारणचाहिँ खासगरी केही कारणहरू छन् ।
पहिलो कारण, प्रतिनिधि सभाको सभामुख, जो त्यस संस्थाको प्रमुख व्यक्ति हुनुहुन्छ, यो संविधान निर्माण गर्ने प्रतिनिधि पनि हुनुहुन्छ, ले संविधान पढ्नु भएन वा पढ्नु हुन्न वा जान्नुहुन्छ र/वा मिच्नुहुन्छ भनेर म कसरी अनुमान गरूँ ? जुन विषयमा आफूसमेत विपक्षी भएको अदालतमा मुद्दा विचाराधीन छ त्यस्ता विषयमा संसद्मा बहससम्म हुन सक्दैन भन्ने संवैधानिक प्रतिबन्ध छ (धारा १०५) उही पदाधिकारी “म के गर्न सक्छु ?” भन्दै कानूनी सल्लाह खोजेर हिँड्नुहुन्छ ?!
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया