ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा

File photo
File photo

सानोफी र ग्लाक्सोस्मिथक्लाइनले बिकास गरेको कोभिड–१९ विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण शुरु गर्न लागेको कम्पनीले जनाएको छ। 

केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि संयुक्तराज्य अमेरिका, एसिया, अफ्रिका र दक्षिण अमेरिकाका ३५ हजार वयस्क व्यक्तिलाई छनौट गरिएको छ। 

कम्पनीका अनुसार यस अध्ययनमा खोपको प्रभावकारिता अध्ययन गरिने छ। साथै कोभिड–१९ का नयाँ स्वरुप (भेरिएन्ट) मा यस खोपले काम गर्न सक्छ वा सक्दैन भन्ने पनि अध्ययन गरिने छ। 

खोप परीक्षण सफल भए यसै वर्षको अन्त्यसम्ममा खोपलाई नियामक निकायले आमप्रयोगका लागि अनुमति दिने विश्वास कम्पनीले लिएको छ। एपी  

प्रकाशित मिति: : 2021-05-27 17:59:00

प्रतिकृया दिनुहोस्