आधा घन्टा अघिसम्म उनी बोलेकी थिइन्, आइसियुमा लगेपछि ढुक्क थिएँ तर...

काठमाडौंप्रेस

सरिशा अछामी

३० वर्षीया राधिकालाई छाती दुख्न थालेपछि श्रीमान् राजाराम रावलले कैलाली अस्पताल पुर्‍याए। डोटी स्थायी घर भएका उनीहरु धनगढीमा पसल चलाउँदै आएका थिए। वैशाख १४ गते कैलाली अस्पतालमा परीक्षणपछि डाक्टरले निमोनिया भएको हुन सक्ने बताए। त्यसपछि थप उपचारका लागि राधिकालाई सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइयो। त्यहाँ परीक्षण गर्दा उनलाई कोरोना पजेटिभ देखिन्छ। ‘अस्पतालमा भर्ना भएको दुई दिनपछि वैशाख १७ गते कोरोना पजेटिभ रिपोर्ट आयो,’ राजारामले फोनमा भने, ‘त्यसपछि उनलाई प्रादेशिक अस्पतालले तयार पारेको कोरोना संक्रमितको वार्डमा राखियो।’

राजारामका अनुसार, कोरोना संक्रमित भए पनि राधिकाको अवस्था वैशाख १७ गतेसम्म सामान्य थियो। अस्पतालमा धेरै जोखिम भएका र न्यून जोखिम भएका संक्रमितलाई एकै ठाउँमा राखिएको थियो। संक्रमितलाई कुर्न बसेका कुरुवा र संक्रमितका लागि शौचालय एउटै थियो। ‘त्यति मात्रै होइन, कोरोना संक्रमितलाई निकै लापरबाही तरिकाले राखिएको थियो। पिउने पानी, हात धुनका लागि साबुन, नुहाउने ठाउँ केही थिएन,’ उनले भने। 

१८ गते राधिकाको स्वास्थ्यमा समस्या देखिन थाल्यो। राजारामले पटक–पटक डाक्टर, नर्सलाई बिरामीलाई हेरिदिन आग्रह गरिरहे। तर, उनको आग्रहको सुनुवाइ भएन। ‘उनलाई आधा अक्सिजन भएको सिलिन्डर दिइएको थियो, त्यसले एक दिन पनि पुग्दैनथ्यो,’ उनले भने, ‘अक्सिजन अभाव भएको जानकारी गराउन जाँदा डाक्टरले अस्पतालमै अक्सिजन सिलिन्डर अभाव भएको बताउँथे। नर्सले कहिले राति त कहिले बिहान अक्सिजन आइपुग्छ भन्थे। नर्स तथा डाक्टर कोही पनि कोभिड वार्डमा आउन त्यति रुचाउँदैनथे।’

प्रकाशित मिति: : 2021-05-27 15:52:00

प्रतिकृया दिनुहोस्