कोरोना कहर : यातायात क्षेत्रका ७ लाख मजदुर बेरोजगार, ७ खर्ब लगानी जोखिममा

शिलापत्र

काठमाडौँ

सुधिर भण्डारी

धदिङका दीपक नेपालले दुबई र कुबेत गरी करिब ४ वर्ष विदेशमा बिताए ।  स्वदेशमै केही गर्छु भन्ने हुटहुटीले उनी नेपाल फर्किए । केही समय दाईसगँ ट्रेकिङ कम्पनीमा काम गरे । त्यसपछि आफ्नै केही गरुझैँ लाग्यो ।

‘मैले विदेशमा सिकेको त होटल व्यवसाय मात्रै हो । त्यो गर्न धेरै लगानी लाग्ने रहेछ । त्यसपछि ट्याक्सी किन्ने निणर्य गरे,’ उनले भने ।

अनि उनले ट्याक्सी चलाउन सिके । ट्याक्सी चलाउन जानेपछि सेकेन्ड ह्यान्ड ट्याक्सी किस्तामा किने ।

‘सुरुमा त कामई पनि राम्रै थियो । दिनमा ३ हजार, ३५ सय कमाई हुन्थ्यो,’ उनले भने । तर, बिडम्बना किनेको ६ महिना पनि नपुग्दै गत वर्ष चैत ११ गते लकडाउन सुरु भयो । ‘७/८ महिना त ब्याज मात्रै तिरेँ ।  सावा भने पछाडि धकेलियो,’ नेपालले भने ।

बल्लतल्ल स्थिति सामान्य हुँदै थियो । फेरि निषेधाज्ञा भयो । लकडाउनमा जसोतसो हिम्मत गरेर अस्पताल अगाडिबाट १/२ टिप गरेका दिपकले यो पाली ट्याक्सी निकाल्ने (गुडाउने) हिम्मत गरेका छैनन् ।

प्रकाशित मिति: : 2021-05-26 10:38:00

प्रतिकृया दिनुहोस्