हामीलाई थाहा छ, फलफूलको जुस स्वास्थ्यका लागि फाइदाजनक रहन्छ, किनकी त्यो ताजा हुन्छ। तर प्याकिङ गरिएको जुस भने स्वास्थ्यका लागि हानिकारक साबित हुन्छ। किनकी प्याकिङ गरिएको जुस ताजा हुदैन।
बजारमा अत्याधिक मात्रमा पाईने प्याकिङ गरिएको जुसमा क्याडमियम, कार्बनिक, आर्सेनिक र मेटलका कारणले गर्दा बच्चाहरुको स्नायुप्रणालीमा प्रभाव पर्नुका साथै बच्चाहरूको विकासोन्मुख मस्तिष्कमा हानी पुर्याउदछ l
प्याकिङ जुस बनाउनका लागि रिफाइन्ड चिनीको प्रयोग ,आर्टिफिसियल कलरको प्रयोग गरिन्छ जसको सेवनले गर्दा पेटमा ग्यास भरिने, झाडापखाला, पेट दुख्ने ,ब्लड प्रेसर बढ्ने ,डाइविटिज आदि जस्ता समस्याहरू देखापर्ने गर्दछन्।