सुकीलाई पहिलोपल्ट अदालतमा उपस्थित गराउदै सैनिक

सुधा अत्रि

म्यान्मार
Photo : thediplomat.com
Photo : thediplomat.com

म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकी आज (सोमबार) पहिलो पटक अदालतमा देखिने छिन्।

राजबन्दीको रुपमा सैन्य नजरबन्दमा रहेकी अपदस्थ स्टेट काउन्सिलर सुकीलाई २४ मे अर्थात् आज (सोमबार) पहिलोपल्ट विशेष अदालतमा उपस्थित गराउने सैन्य परिषदले जनाएको छ। 

गत फेब्रुअरी १ देखि सैन्य ‘कू’ भएयता नेत्री सुकी जन–सम्पर्कमा छैनन्। देशको उच्च निकाय सर्वोच्च अदालतको आदेशअनुसार उनीलाई विशेष अदालतमा बयानका लागि पेश गरिने छ।

म्यान्मार सैन्य ‘कू’का नाइके तथा सैनिक प्रमुख मिन आङ ह्लाइले एक साताअघि चिनियाँ टेलिभिजनमार्फत् नेत्री सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका थिए। उनले हप्तादिन भित्रै अदालतको आदेश अनुसार सुकीलाई विशेष अदालतमा हाजिर गराउने समेत जानकारी गराएका थिए। 

नेशनल लिग फर डमोक्रेसी पार्टीकी सर्वोच्च नेत्री सुकीलाई सैन्य सत्ताले विभिन्न फौजदारी अभियोग लगाएको उनका वकिल ऊ खिन् माउ जले जनाएका छन्।



'डर कायम गर्ने सपना देख्छ, त्यो क्रूर शासक'



उनलाई गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली गरेको सेनाले आरोप लगाएको छ। तर, निर्वाचन आयोगले जुन्ताको निराधार आरोपलाई अस्वीकार गर्दै खण्डन गरिसकेको छ। 

पछिल्लोपल्ट सैन्य परिषद्ले विना–अनुमति वाकिटकी सेट राखेको, कोराना कालिन समयमा नियम उल्लघंन गरेको, जनमानसमा अशान्ति फैलाएको र सरकारी गोपनीयता भंग गरेको जस्ता गम्भीर आरोप लगाएको छ।

यसअघि पटकपटक भिडियोमार्फत् अदालतमा उपस्थित गराएपनि नेत्री सुकीलाई यसपल्ट भने थप काम–कारबाहीका लागि प्रत्यक्ष अदालतमै उपस्थित गराउने उनका वकिल माउ जले जनाएका छन्।

राजधानी नेपिदोस्थित विशेष अदालत उनलाई सोमबार उपस्थित गराइने छ। अदालत नेत्री सुकीलाई नजरबन्द राखिएको निवास नजिकै रहेको उनका वकिल माउ जले बताएका छन्। 

उनी पहिलोपल्ट अदालतमा उपस्थित भएतापनि वकिललाई अलग्गै भेट्न दिने वा नदिने बारे सैन्य जुन्ता अहिलेसम्म बोलेको छैन। तर, वकिलले भने एक्लै भेट्न पाउनुपर्ने माग गरेका छन्। 

गत माघ–१९ मा तत्कालीन राष्ट्रपति र नेत्री सुकीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो। बर्मेली प्रजातन्त्रवादी नेताहरूलाई नजरबन्दमा राखेको छ।  



म्यान्मार 'जुन्ता' समर्थकलाई युगानुकूल सामाजिक दण्ड– 'पानी बन्द'  

म्यान्मारः समयका दुःखद बिडम्बनाहरु! 

प्रकाशित मिति: : 2021-05-24 06:22:00

प्रतिकृया दिनुहोस्