जग्गा विवादलाई लिएर बर्दिबासमा वडाध्यक्षबाट सेवाग्राही कुटिए

बिएल संवाददाता

बिएल संवाददाता
Breaknlinks
Breaknlinks

महोत्तरीको बर्दिबास नगरपालिका–८ का वडाध्यक्ष शम्सेरसिंह लामाले सेवाग्राहीमाथि हातपात गरेका छन्।

जग्गा विवादको बिषयमा छलफल गर्न बोलाइएका हात्तिलेडका २९ वर्षीय योगेन्द्र महतोलाई वडाध्यक्ष लामाले जेठ ४ गते हातपात गरेका हुन्।
लामा माओवादी केन्द्रबाट अध्यक्षमा विजयी उम्मेदवार हुन्।

नम्बरी जग्गा हडप्ने खेल

बिन्देश्वर महतोका कान्छा छोरा हुन्, योगेन्द्र महतो। हात्तिलेडमा बिन्देश्वरको नाममा १५ कठ्ठा जग्गा छ। महतोका जग्गाका संधियारहरू हुन्– धर्मनाथ महतो र रूद्र किंगरिंग।

यी तीन जनाको जग्गाको साधमा छ– केही ऐलानी जग्गा। र , यही ऐलानी जग्गालाई वडाध्यक्षले आफ्नो पहलमा फुटबल मैदान बनाइरहेका छन्।  
‘फुटबल मैदान बनाउन वडाध्यक्ष लामाले मेरो बुवाको नाममा रहेको १५ कठ्ठा जग्गामध्ये १ कठ्ठा कब्जा गरेका छन्’, योगेन्द्र भन्छन्।

फुटबल मैदानमा १ कठ्ठा जग्गा गाभिने डरले योगेन्द्रका बुवा बिन्देश्वरले जग्गाको सांधसीमा रेखाकंन गरिपाउँ भनि नापी कार्यालय बर्दिबासमा निवेदन हालेका थिए।

‘निवेदनकै आधारमा नापीले आफ्नो र वडा कार्यालयको प्रतिनिधिको रोहवरमा जग्गा नापजाँच गर्यो। जग्गा नापजाँचको प्रतिवेदन माग्न जाँदा मलाई वडाध्यक्षले कार्यकक्षबाट घोक्रयाएर निकाले। कुटपिट गरे,’ योगेन्द्रले भने, ‘सेवाग्राहीमाथि कुटपिट गर्ने वडाध्यक्ष लामामाथि कार्वाहीको माग गर्दछु।’

वडाध्यक्ष लामासँग यस बिषयमा प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन। वडाध्यक्ष लामाले छोरालाई कुटपिट गरेको खबर सुनेपछि योगेन्द्रका पिता बिन्देश्वर बेहोस भएर अस्पताल भर्ना भएका छन्।

प्रकाशित मिति: : 2021-05-23 10:56:00

प्रतिकृया दिनुहोस्