खोप लगाएका विदेशी पर्यटककाे लागि ढोका खोल्न यूरोपियन यूनियन सहमत

Photo : Reuters
Photo : Reuters

ग्रीष्म पर्यटक सत्र अगाडि युरोपेली युनियनका देशहरूले बुधवार गैर-ईयू आगन्तुकहरूमाथि कोभिड-१९ को यात्रा प्रतिबन्ध खकुलो पार्न सहमति जनाएका छन्।

यो कदमले खोप लगाएका ब्रिटेन र अमेरिकीहरूलाई प्रवेश गर्न सक्ने ढोका खोलिएको बताइएकाे छ।

ईयू स्रोतका अनुसार युरोपियन युनियनका २७ मुलुकका राजदूतहरूले युरोपियन आयोगको प्रस्तावलाई "सुरक्षित" देशहरू निर्धारण गर्न स्विकृत दिएका छन्।

मे ३ देखि यात्रा प्रतिवन्ध खकुलो बनाउन र अन्यत्रबाट पूर्ण रूपमा खोप लगाईएका पर्यटकहरूलाई यात्रा अनुमति दिन सहमत भएका छन्।

उनीहरूले यो हप्ता वा अर्को हप्ताको सुरूमा नयाँ सूची निकाल्ने आशा गरिएको छ।  रोग नियन्त्रण र रोकथामका लागि यूरोपीयन केन्द्रको तथ्यांकको आधारमा बेलायत र अन्य धेरै देशहरूले नयाँ मापदण्ड पूरा गर्ने छन्।

संयुक्त राज्यले भने त्यसो गर्ने छैन। यद्यपि, खोपको प्रमाणसहितको अमेरिकीहरूलाई स्वागत गरिनेछ।

एक यूरोपली संघका कूटनीतिज्ञले भनेका छन्, 'बेलायतमा भारतीय भेरियन्ट मामिलालाई ध्यानमा राख्नु पर्छ।' यद्यपि प्रत्येक युरोपियन युनियनका देशले आफ्नै नीति बनाइसकेका छन्। पोर्चुगलले सोमबार बेलायती पर्यटकमा चार महिनाको यात्रा प्रतिबन्ध हटायो।

खोप लगाइएको छ वा छैन भन्ने कुराको पर्वाह नगरी अष्ट्रेलिया, इजरायल र सिंगापुरलगायत सात  देशका मानिसहरु मात्र हालको प्रतिबन्धअन्तर्गत युरोपियन युनियनका देशमा छुट्टि मनाउन प्रवेश गर्न पाउछन्।

अन्य व्यक्तिगत देशहरूले अझै पनि एक कोभिड-१९ नेगेटिभ परीक्षण वा क्वारिन्टाइनको माग गर्न सक्दछन्।

हालको मुख्य मापदण्ड भनेको १००,००० मानिसमा २५ जनाभन्दा बढी नयाँ कोभिड-१९ को केसहरू अघिल्लो १४  दिनमा देखिनु हुँदैन।

यो प्रवृत्ति स्थिर वा कम हुनुपर्दछ र परीक्षणको संख्या पर्याप्त हुनु पर्दछ। जसले न्यूनतम नेगेटिभ परिक्षण न्यूनतम प्रतिशत देखाउनु पर्छ।

आयोगले मुद्दाको दर १०० सम्म पुर्याउने प्रस्ताव गरेकोमा ईयुका राजदूतहरूले ७५ रोजे। खोप लगाइएका व्यक्तिहरूले पहुँचको लागी विश्व स्वास्थ्य संगठनको आपतकालीन सूचिमा ध्यान राखेर ईयु-अनुमोदित भ्याक्सिन प्राप्त गर्नु पर्ने हुन्छ।

यी व्यक्तिहरूले कम्तिमा यात्राको १४ दिन अगाडि अन्तिम खुराकहरू प्राप्त गर्नुपर्दछ। यो योजना अन्तर्गत इयुका देशहरू, जसले खोप लगाएका युरोपियन युनियन पर्यटकहरूको लागि परीक्षण वा क्वारन्टाइन आवश्यकताहरू हटाएका छन्, अन्य गैर-इयुका छुट्टी मनाउनेलाइ पनि त्यस्तै लागु गर्न प्रोत्साहन गरेको छ।

बच्चाहरूले पनि खोप लगाएका अभिभावकहरूसँग यात्रा गर्न सक्षम हुनुपर्दछ। ईयूमा प्रवेश गर्ने थप संक्रामक कोरोना भाइरस भेरियन्टको जोखिम सीमित गर्न आवश्यक यात्रा रोक्न अस्थायी रूपमा एक आपातकालीन रोक प्रयोग गर्न सकिन्छ।

यस्तो रोक भारतीय यात्रीको लागि प्रस्ताव गरिएको छ। ईयु योजनाले खुल्ला सीमा रहेका शेन्जेन क्षेत्रका देश लगाएत गैर-ईयू सदस्य मुलक जस्तै आइसल्याण्ड, लिक्टेनस्टेन, नर्वे र स्विजरल्याण्ड सहितलाई समेट्नेछ। रोयटर्सकाे सहयाेगमा 

प्रकाशित मिति: : 2021-05-23 08:23:00

प्रतिकृया दिनुहोस्