डाक्टर, परिवार र पत्नीले आश मारिसकेका हरि कोरोना जितेर फर्किएपछि ...

लोकान्तर

काठमाडौँ

प्रकाश आचार्य

मार्केटिक बिजनेश’ गर्ने हरि रिमाललाई कामबाट घर फर्किएपछि एकाएक शरीर दुखेजस्तो भयो । भोलिपल्ट ज्वरो १०२ डिग्री ।

कोरोनाको महामारी केही मत्थर भइसकेकाले सामान्य होला भनेर नजिकैको मेडिकलमा गएर सिटामोल ल्याएर खाई ज्वरो कम गरे उनले । तर शरीर झन् गल्दै गयो । श्वासप्रश्वासमा समस्या आयो । खोकी पनि लाग्दै गयो । 

कोरोनाको शंका लागेर पत्नी अरुणाले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर जाँच्न हरिलाई लिएर गइन् । गत मंसिर २४ गते उनको कोभिड रिपोर्ट पोजेटिभ आयो ।

कोरोना देखिएपछि ३८ वर्षीय रिमाल ३ दिनसम्म घरमै सुरक्षित तरिकाले बसे । समस्या सुधार होला भन्दा उल्टो बल्झिँदै गयो । २७ गते साँझ उनलाई निकै गाह्रो भयो । 

‘परिवार आत्तिएँ । अब घरमा बस्नु हुँदैन, हस्पिटल जानुपर्छ भनेर एम्बुलेन्स बोलाएर प्रादेशिक अस्पताल गएँ । त्यहाँ जाँदा बुटवलको धागो कारखाना सरसफाई गर्न थालिएको थियो । अस्पतालले उनलाई भर्ना लिएन,’ उनले सम्झिए, ‘अरुणा झनै डराइन्, कसो गर्ने के गर्ने भनेर ?’

भैरहवास्थित भीम अस्पतालमा सोधखोज गर्दा सघन उपचार कक्ष (आईसीयू) शय्या खाली रहेछ । राति साढे १० बजे उनलाई भैरहवा पुर्‍याइयो ।

सामान्य होला भन्दाभन्दै हरिको जीवनमा कोरोना संक्रमण सबैभन्दा खराब समय बनेर आयो । भैरहवाको भीम हस्पिटल पुग्दा हरि बेहोस भइसकेका थिए । ३ दिनसम्म आईसीयूमा राखेर उपचार गरियो । हरिलाई बिसको उन्नाइस भएन ।

हरिलाई कोरोनासँगै ‘स्टोक’ (पक्षघात) पनि भएको रहेछ । ३ दिन त्यहाँ राख्दा हरिको स्वास्थ्यमा कुनै सुधार भएन । परिवारले डाक्टरलाई सोध्दा सुधार हुन्छ भन्थे तर हरिले एकपछि अर्को गर्दै होस गुमाइरहे ।

प्रकाशित मिति: : 2021-05-22 10:19:00

प्रतिकृया दिनुहोस्