बिरालाको घाँटीमा घण्टी बाँध्ने को ?

गोरखापत्र

काठमाडौं

नेपालका विभिन्न राजनीतिक दल र खासगरी तिनका उपल्लो हैसियतका नेताहरूका बारेमा भइरहेका टीकाटिप्पणी सुन्दा लाग्छ, हामीले हाम्रो समाजलाई नेतृत्व गर्न सक्ने क्षमतावान् नेता नै पाएनौँ। कुरा केही हदसम्म सही हो। त्यस्ता टीकाटिप्पणीसँग जोडिएका आग्रह हेर्दा तपाईंलाई बर्बर शासनप्रणालीबाट यस भूमिको मुक्ति र उन्नतिका लागि प्राणोत्सर्गसम्म गरेका र निकै हण्डर खाएका टङ्कप्रसाद आचार्य र छोटो समयमा पनि उनको प्रधानमन्त्रीत्वकालमा भएका युगान्तकारी कामहरूलाई हामीले स्मृतिमा राखेको देखिन्न।

उनका प्रजापरिषद्कालीन सहकर्मीहरूलाई हामीले लगभग बिर्सिदिएका छौँ र यदाकदा इतिहासका पुस्तक र अनुसन्धानपत्रहरूमा सीमित गरिदिएका छाँै र, हामी त्यस्ता आग्रहकर्ताहरूका मुखारविन्दबाट महात्मा गान्धी, माओ च तुङ, नेल्सन मण्डेला, लि क्वान यु जस्ता नेताहरूका नाम सुन्दै आफ्ना कमजोरीले परिपूर्ण नेताहरूलाई सराप्न व्यस्त छौँ।

यस्तो समाजमा फ्डिेल कास्त्रो वा अर्नेष्टो चे गुएभारा जन्मदैनन्, देउवा, ओली र प्रचण्डहरू नै जन्मन्छन् भन्ने कुरा हामीले ख्याल गर्न सकेनौँ। वास्तवमा यी नेपाली माटोका विशिष्ट रैथाने उपज हुन्। चीन, अर्जेण्टिना, क्युवा वा रसिया र भियतनाम, तत् तत् समाजका आफ्नै विशेषताहरू थिए, जसले माओ, चे, कास्त्रो, लेनिन, हो चि मिन्ह जन्माएका थिए। हाम्रो समाजको चेतनाको स्तर जे हो, त्यसले त्यही स्तरको नेता जन्माएको छ र हामी जस्ता छौँ, त्यस्तै नेता पाएका छौँ। तैपनि गालीगलौजले भरिएका सञ्चार माध्यम हेर्दा लाग्छ, हामी आफ्नै चेतनालाई सरापिरहेका छौँ।

प्रकाशित मिति: : 2021-05-21 08:54:00

प्रतिकृया दिनुहोस्