मन्त्रिपरिषद्ले खोल्यो नयाँ चुनावको बाटो, प्रधानमन्त्रीले विश्वासको मत नलिने, ७६(५) अनुसारको नयाँ सरकार गठनमा जाने

File photo
File photo

मन्त्रिपरिषद्को बैठकले केपी शर्मा ओलीले ३० दिनभित्र संघीय संसद्बाट लिनुपर्ने विश्वासको मत नलिने बरु संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको छ । निर्णयले देश संघीय संसद्को चुनावको दिशामा अघि बढ्ने भएकाे हो ।

संविधानकाे धारा धारा ७६ को उपधारा ५ मा संविधानकाे धारा ७६(३) बमोजिमको अल्पमत सरकारले पनि विश्वासकाे मत प्राप्त गर्न नसकेमा 'प्रतिनिधिसभाको  कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्नेआधार प्रस्तुत गरेमा राष्ट्रपतिले  त्यस्तो सदस्यलाई प्रधानमन्त्त्री नियुक्त गर्ने‍' व्यवस्था छ ।

सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा ओली बैशाख ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए, जसले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासकाे मत लिनुपर्थ्यो। विश्वासकाे मत नलिने निर्णयले देश स्वत: चुनावमा गएको छ ।

जेठ ९ गते संसदको अधिवेशन आह्वान गर्ने निर्णय समेत आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ। त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।

प्रकाशित मिति: : 2021-05-20 18:02:00

प्रतिकृया दिनुहोस्