उपप्रधानमन्त्री पोखरेलका छोरा संलग्न रहेको कम्पनी थाहा पाएपछि भेन्टिलेटर खरिदबाट पछि हट्यो वीर अस्पताल

देशसञ्चार

काठमाडौं

उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा संलग्न रहेको कम्पनीसँग भेन्टिलेटर खरिद गर्ने तयारीबाट वीर अस्पताल प्रशासन पछाडि हटेको छ।  काठमाडौं महानगरपालिकाले १० वटा भेन्टिलेटर र ५० वटा मनिटर खरिदका लागि पैसा दिने भएपछि वीर अस्पतालले म्याक्सिम कम्पनीलाई छनोट गरेको थियो।

म्याक्सिमले यसअघि टिचिङ अस्पताललाई पनि मेडिकल सामग्री उपलब्ध गराएकाले त्यहि दरमा वीरले पनि मेडिकल सामग्री खरिदको प्रकृया अगाडि बढाएको थियो। तर म्याक्सिममा उपप्रधानमन्त्री इश्वर पोखरेलका छोरा स्वराजको संलग्नता रहेकाे बुझेपछि वीर र काठमाडौं महानगरपालिका दुवै उक्त कम्पनीसँग भेन्टिलेटर र मनिटर खरिदको प्रकृयाबाट पछाडि हटेको बुझिएको छ।

‘महामारीको यो समयमा खरिद प्रकरणमा कुनै विवाद नआओस् भनेर अरु कम्पनी खोज्ने निर्णय गरिएको हो’, अस्पताल स्रोत भन्छ।

प्रकाशित मिति: : 2021-05-20 12:29:00

प्रतिकृया दिनुहोस्