के नेपाली बजारमा औषधि अभाव भएकै हो ?

बाह्रखरी

काठमाडौँ

अस्मिता रिजाल 

पछिल्लो केही दिनयता कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुँदै आएका विभिन्न प्रकारका औषधिहरु बजारमा अभाव भएको खबर आउन थालेका छन् । विशेषगरी संक्रमितको संख्या उच्च रहेका स्थानहरुमा सामान्यदेखि जटिल औषधिहरु समेत अपर्याप्त भएको जानकारी आधिकारिक निकायहरुले नै दिन थालेका छन् ।

कोरोनाकाल र औषधि प्रयोगको अवस्था 
नेपालमा जेठ ४ गते मंलबारसम्म सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ रहेको छ । जसमध्ये अस्पताल तथा विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत संक्रमितको संख्या नौ हजार ४२७ छ । अर्थात् एक लाख सात हजार ८२ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहेका संक्रमितलाई सामान्यतः प्यारासिटामोल र संक्रमितको अवस्था हेरेर भिटामिन तथा जिंक चक्कीलगायत औषधि प्रयोग गर्ने गरिएको छ ।

अस्पतालमा उपचार गराइरहेका संक्रमितका लागि भने रेम्डिसिभिरसँगै स्टेरोइड प्रकारका गरी तीनवटा औषधि सामान्यतः प्रयोग गर्ने गरिएको सिभिल सर्भिस अस्पतालका कोभिड कन्सल्टेन्ट डा. प्रदीप ढकालले बताए ।

कोभिड संक्रमितको उपचारमा प्रयोग हुने ४५ प्रतिशत औषधि नेपालमै उत्पादन हुने गरेको नेपाल औषधि उत्पादक संघको दाबी छ । औषधि उत्पादनभन्दा दोब्बर बढी माग हुन थालेपछि अपर्याप्त हुने अवस्था आएको संघले जनाएको छ ।

क्षमता कति ?
नेपालमा अहिले २१ वटा कम्पनीले औषधि उत्पादनको काम गरिरहेका छन् । पछिल्लो साता मात्रै बजार मागलाई ध्यानमा राख्दै ४० लाख ट्याब्लेट प्यारासिटामोल उत्पादन गरिएको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताए । कोभिड  संक्रमितका लागि प्रयोग हुने विभिन्न औषधि अन्य समयभन्दा ८ प्रतिशतले उत्पादन बढाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: : 2021-05-19 21:24:00

प्रतिकृया दिनुहोस्