यसरी पनि उड्दैछ मानव चोला

देशसञ्चार

काठमाडौँ

 दिपा दाहाल

कोरोना महामारीमा यस्ता कहालीलाग्दा दृश्यहरु देखिन थालेका छन्, जहाँ कोरोना पुष्टि हुनु पहिल्यै मानिसहरु ढल्न थालेका छन्।

सन्त्रासमा छट्पटिएका बेला समयमै अस्पतालमा पुग्न नसक्दा मानिसले एम्बुलेन्सभित्रै अन्तिम सास फेर्न थालेका छन्। बिरामीको अकालमै मृत्युका असामान्य घटनाहरु समान्यजस्तै बनेका छन्। यी घटनाहरुले स्वाभाविक रुपमा अप्रभावितहरुमा पनि मनोवैज्ञानिक डर पैदा गरेको छ, फैलिएको छ।

थानकोट चेकपोष्ट नजिकै घर भएकी ४२ वर्षीया पूजा केसी निन्द्रा नलाग्ने, डर लाग्नेजस्ता समस्याबाट ग्रसित थिइन्, केही वर्ष यता। त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले मानसिक स्वास्थ्य समस्याको उपचार गरिरहेको थियो उनको। परिवारजनले उनलाई आवश्यक हेरविचार पनि गरिरहेको थियो। तर बढ्दै गएको कोराना महामारीका बीच उनी झनै डराउन थालेकी थिइन्। परिवारको हौसलाले उनमा साहस थपिए पनि त्यो लामो टिकेन।

पाँच दिनअघि उनलाई अचानक ज्वरो आयो। घर नजिकै ‘हेल्थ केयर’ नामको मेडिकलमा गएर जाँच गराइन्। मेडिकलको औषधिले उनको ज्वरो निको भएको जस्तो मात्रै भयो तर भित्रभित्रै उनको शरीर गल्दै थियो। थकाइ र त्रास बढ्दै थियो।

प्रकाशित मिति: : 2021-05-18 21:16:00

प्रतिकृया दिनुहोस्