राष्ट्रियसभा निर्वाचनमा बादललाई माधव नेपालको साथ

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा 'बादल' लाई पूर्ण सहयोग रहने आश्वासन दिएका छन्।

कोटेश्वरस्थित आफ्नो निवास पुगेका गृहमन्त्री थापासँगको भेटमा उनले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन(वाग्मती प्रदेश) हुँदै छ। गृहमन्त्री थापा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार छन्। विपक्षी गठबन्धनबाट उक्त उपनिर्वाचनमा डा खिमलाल देवकोटा उम्मेदवार छन्।

भेटवार्ताका क्रममा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा समेत उनीहरुबीच छलफल भएको थियो। गृहमन्त्री थापा नेकपा (एमाले)मा गएपछि नेकपा (माओवादी केन्द्र) का सिफारिशमा उनी पदमुक्त भएका थिए।रासस

प्रकाशित मिति: : 2021-05-18 19:33:00

प्रतिकृया दिनुहोस्