लुम्बिनीका प्रदेश प्रमुखद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार

फाइल तस्वीर
फाइल तस्वीर

लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गरेका छन्।

प्रमुख यादवले मंगलबार प्रदेश सभाका सभामुखलाई पत्र लेख्दै अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताएका हुन्।

प्रदेश प्रमुखको पत्रमा प्रमुखको पत्रमा "नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको अधिवेशन बोलाउन मिति २०७८/०१/२६ गते प्रदेश सभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्याम्श बमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु" भनेर उल्लेख छ।

बैशाख २६ गते प्रदेशका प्रतिपक्षी दलहरूले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव पेस गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेको थिए।

त्यस अघि विपक्षी गठबन्धनले बैशाख ६ गते मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै विशेष अधिवेसन बोलाउन माग गरेका थिए।

बैशाख १९ गते अधिवेसन आवहान भएपछि प्रदेश सभा बैठक अघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजनीनामा दिएर सोही दिन पुन एकल बहुमत दाबी गर्दै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित मिति: : 2021-05-18 18:55:00

प्रतिकृया दिनुहोस्